बिएल संवाददाता
नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले कार्यभार सम्हालेका छन्।
बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट शपथग्रहण गरेका गभर्नर पौडेलले त्यस लगत्तै केन्द्रीय कार्यालय पुगेर कार्यभार सम्हालेका हुन्।
पौडेल मंगलबार राष्ट्रबैंकको १८औं गभर्नर नियुक्त भएका थिए।
पदभार ग्रहणपछि गभर्नर पौडेलले पहिलो निर्णयका रुपमा पाँच सय र १ हजारका नयाँ नोट छपाई गर्ने निर्णयमा हस्ताक्षर गरेका छन्।
पौडेलले मौद्रिक नीति र वित्त नीति अलग विषय रहेको बताउँदै वित्त नीति कार्यान्वयनमा मौद्रिक नीतिले अवरोध गरेको भए परिमार्जन गर्दै जाने बताए।
पौडेलले भने, ‘मौद्रिक नीति सरकारको वित्त नीतिको सहायक होइन, यो छुट्टै स्वतन्त्र नीति हो तर सरकारको वित्त नीति कार्यान्वयनमा मौद्रिक नीतिले केही अवरोध गरेको छ भने यसलाई परिमार्जन गर्दै जानेछौं।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया