बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथिको निरन्तर हुने भनिएको सुनुवाइ बुधबार नहुने भएको छ।
लामिछाने पत्नी निकिता पौडेलले लामिछानेलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्चमा निवेदन दिएकी थिइन्। उक्त निवेदनमाथि मंगलबार न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले सुनुवाइ गर्दै हेर्दाहेर्दैमा राखिएको थियो।
तर, बिहीबार सर्वोच्च अदालत प्रशासनले नै निवेदनको सुनुवाइ स्थगित भएको पेशी सूची प्रकाशित गरेको छ। रविसहितको निवेदनमाथि सुनुवाइ गर्ने इजलासका न्यायाधीशहरू छुट्टाछुट्टै इजलासमा परेपछि सुनुवाइ बुधबारको सुनुवाइ स्थगित भएको हो।
न्यायाधीश सुवेदी संवैधानिक इजलासमा परेका छन् भने अर्का न्यायाधीश बालकृष्ण ढकाल अर्कै इजलासमा परेका छन्।
सुनुवाइ स्थगित भएपनि अर्को पेशी भने तोकिएको छैन।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया