बिएल संवाददाता
भारतीय जनता पार्टीका नेता डा. विजय जोलीले भारतले युद्ध नचाहेको भन्दै युद्धको लागि कसैले पनि नउक्साउन आग्रह गरेका छन्।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले कश्मीरको पहलगाम घटनामा नेपालले गरेको सहयोगको लागि धन्यवाद दिदै उनले भारतले युद्ध नचाएको बताएका हुन्।
‘अहिलेको समयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीजीले भनेका छन्। आदेश छ हामी पूरै दक्षिण एसियामा आतङ्कवादको परिक्षण गर्न दिँदैनौ। भारत युद्ध चाहदैन। भारतलाई नउक्साउनुहोला तर ती कश्मीरको पहलगाममा सहिद भएका २६ जना मानिसहरु जसमा एक जना नेपालीमूलको भाई पनि थियो,’ उनले भने।
उनले थप भने, ‘आजको सन्दर्भमा २०२५ अप्रिल २२ तारिखका दिन कश्मीरको पहलगाममा २६ निर्दोष मानिसहरू उनीहरूको धर्मको नाममा आतङवादीहरूले निर्मम हत्या गरे। त्यस सन्दर्भमा नेपाल सरकारले भारतको सहयोगको लागि भारतीय नागरिकको तर्फबाट धन्यवाद दिन चाहान्छु।’
उनले कश्मीर घटनामा नेपालका प्रधानमन्त्रीले १२ घण्टाभित्र फोन गरी भाइचारा सम्बन्ध निर्वाह गरेकोमा धन्यवाद दिए। उनले पाकिस्तानको कारण सार्कको औचित्य घटेको बताए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया