बिएल संवाददाता
सहकारी ठगीमा अदालतबाट दोषी करार भएका एमाले नेता कृष्ण अर्याल पक्राउ परेका छन्।
अदालतको पूर्जीका आधारमा प्रहरीले अर्याललाई काठमाडौंको सोह्रखुट्टेबाट पक्राउ गरी अपराध अनुसन्धान महाशाखा पठाएको छ। त्यहाँबाट उनलाई अदालती प्रक्रिया पूरा गराएर कारागार लगाने गरिने प्रहरीले जानकारी दिएको छ।
०७४ सालमा सोह्रखुट्टेकै दिगो पर्यटन सहकारी सस्थाबाट साढे ११ लाख ऋण लिएका अर्यालले रकम पचाउन खोजेपछि सहकारीले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। ऋण लिने बेलामा अर्याल आफैं सञ्चालक समितिमा थिए।
०७९ पुस ४ गते सहकारीले दायर गरेको मुद्दामा काठमाडौं जिल्ला अदालतले ०८० असार २७ गते ऋणी अर्यालको नाममा रकम भुक्तानी गर्न आदेश दिएको थियो।
अदालतको फैसलापछि पनि रकम नतिरेपछि उनीविरुद्ध पक्राउपूर्जी जारी गरिएको थियो।
नेकपा एमाले पेसागत विशेष प्रदेश कमिटीका सदस्य अर्याल एमालेको पर्यटन विभाग सदस्य समेत हुन्। हाल उनी एमाले उद्योग तथा व्यवसायी विशेष जिल्ला कमिटीका इञ्चार्जसमेत हुन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया