पूनर्मिलनपछि लिङ्देनको प्रशंसा गरेर थाकेनन् थापा, भने- ‘मेरो प्रिय भाइ’
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आवश्यक प्रवन्ध मिलाएर केही समयको निमित्त भएपनि राष्ट्रवादीहरू एक ढिक्का भएर अगाडि बढ्न अपिल गरेका छन्। सोमबार सोमबार राजावादी आन्दोलनको क्रममा पक्राउ परेकाहरूको रिहाइको माग गर्दै राप्रपा नेपालले आयोजना गरेको जनप्रदर्शनमा बोल्दै उनले राजावादीको विचार र मान्यतालाई समाप्त गर्ने षड्यन्त्र भइरहेको बेला एक ठाउँमा उभिन नसके इतिहासले सराप्ने उननले बताए। उनले भने, ‘एकातर्फ राजसंस्था पुनःस्थापनाका लागि एकदमै अनुकूल वातावरण अर्कोतर्फ हाम्रो विचार र मान्यतालाई समाप्त गर्ने षड्यन्त्र भइरहेको बेला पनि यदी हामी एक ठाउँमा उभिन सकेनौं भने इतिहासले सराप्ने छ। राजसंस्था पुनःस्थापनाका लागि एकदमै अनुकूल वातावरण त्यसैले केही समयको निमित्त भए पनि एक ढिक्का भएर अगाडि बढौं।’
बिएल संवाददाता - काठमाडौं