बिएल संवाददाता
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले व्यक्ति र राजनीतिलाई गाली गरेर मात्रै देश सुधार्न नसकिने बताएका छन्।
आइतबार गण्डकी आयुर्वेद अस्पतालमा विशेष सेवाको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले व्यक्ति र राजनीतिलाई गाली गरेर मात्रै देश सुधार्न नसकिने भन्दै सक्षम र सकारात्मक काम गर्न सक्ने मान्छे राजनीतिमा आउनुपर्ने बताए।
उनले भने, ‘जनताले आफ्नो जनप्रतिनिधि आफैंले छान्ने हो। र त्यो बाट राज्य सञ्चालन गर्ने हो। म अहिले यहाँको मुख्यमन्त्री छु। मैलेभन्दा राम्रो गर्न सक्ने, इच्छा राख्ने हिम्मत हुनेहरूले मलाई विस्थापित गरेर आउनु हुन्छ मेरो ठाउँमा। यहाँ व्यक्ति र राजनीतिलाई गाली गरेर केवल व्यक्तिगत कुरा मात्रै गरेर केही कुरा सुधार्न सकिँदैन। सक्षम र गर्नसक्ने मान्छे राजनीतिमा आउनुपर्छ। नभएका कामहरू गरेर देखाउनुपर्ने अहिलेको आवश्यकता हो। तब मात्रै नेपाल बन्न सक्छ।’
त्यस्तै उनले नकारात्मक कुराले नेपाल बनाउन नसकिने धारणा राखे। सबै सकारात्मक कामहरू गर्दै गयो भने मात्रै स्वास्थ्य, शिक्षा सबै क्षेत्रलाई अगाडि बढाउन सकिने उनको भनाई छ।
उनले भने, ‘नकारात्मक कुराले नेपाल बनाउन सकिँदैन। नेपाल बनाउनको लागि यसमा सबैको सकारात्मक सोचका साथ अगाडि बढ्न सक्यौं भने मात्रै हामीले गर्न सक्छौं। हाम्रै पालामा राम्रो गर्न सक्छौं। हामी सबै सकारात्मक कामहरू गर्दै गयौं भने स्वास्थ्य, शिक्षा सबै क्षेत्रलाई अगाडि बढाउन सक्छौं।’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया