बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले शान्तिपूर्ण आन्दोलनमार्फत नै एजेण्डा स्थापित गरेर छाड्ने बताएका छन्।
राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति उपत्यकास्तरीय जनजागरण तयारी बैठकमा बोल्दै उनले आफूहरू एजेण्डाको नजिक पुगेकाले कोहि पनि उत्ताउलो हुन नपर्ने बताएका हुन्।
उनले भने, ‘सबैले आफ्नो जिम्मेवारी कर्तव्य इमानदारितापूर्वक निर्वाह गर्नुपर्छ। शान्तिपुर्ण आन्दोलनले एजेण्डा स्थापित गरेरै छाड्छौं। हामी एजेण्डाको नजिक पुगेका छौं। तर यसको लागि कोही पनि उत्ताउलो हुनुहुँदैन। बिग्रियो भने हामीबाटै बिग्रिने हो। हामी सबै जिम्मेवार हुनुपर्छ। इमानदार हुनुपर्छ।’
साथै उनले जेठ १५ गते हुने राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलनमा सबैको सहभागिता गराउनुपर्ने बताए। उनले आन्दोलन सम्पूर्ण नेपालीको साझा आन्दोलन हो भन्ने ढंगले आफूलाई अगाडि ल्याउनुपर्ने बताए।
यसैगरी उनले आम जनतालाई १५ गते सडकमा ल्याउन सबैले मेहनत गर्नुपर्ने बताए। उनले अहिले थुप्रै पार्टीका शक्तिहरू मिलेकोले आफूहरू पनि मिलेर अगाडि बढ्नुपर्ने बताए।
उनले भने, ‘हामी अहिले जति छौं त्यतिले मात्रै पुग्दैन। यो कुरा म जहिले पनि भन्ने गरेको छु। छरिएकाहरू मिलेर आम जनताहरूलाई साथमा लिएर अगाडि बढ्दैनौं तबसम्म एजेण्डा पूरा हुन सक्दैन। जेठ १५ गते ११ दिन बाँकी छ १२ दिन बाँकी छ भनेर होइन भोलि नै छ भनेर काम सुरु गर्नुपर्छ। आन्दोलन राजसंस्था पुनर्स्थापनाको आन्दोलन, हिन्दु राष्ट्र पुनर्स्थापना गर्न चाहनेको पनि हो। देशमा सुशासन र विकास चाहनेको पनि हो। बैंक वित्तिय सहकारी पीडित मानिसहरूको पनि हो, देशभित्रै रोजगारीको वातावरण निर्माण हुनुपर्छ भन्नेको पनि हो र यो आन्दोलन विदेशमा रहेका गैरआवासीय नेपालीहरूको पनि हो। यो सम्पूर्ण नेपालीको साझा आन्दोलन हो भन्ने ढंगले आफूलाई अगाडि ल्याउनुपर्छ।’का लागि संयुक्त जनआन्दोलन समिति उपत्यकास्तरीय जनजागरण तयारी बैठकमा बोल्दै उनले आफूहरू एजेण्डाको नजिक पुगेकाले कोहि पनि उत्ताउलो हुन नपर्ने बताएका हुन्।
उनले भने, ‘सबैले आफ्नो जिम्मेवारी कर्तव्य इमानदारितापूर्वक निर्वाह गर्नुपर्छ। शान्तिपुर्ण आन्दोलनले एजेण्डा स्थापित गरेरै छाड्छौं। हामी एजेण्डाको नजिक पुगेका छौं। तर यसको लागि कोही पनि उत्ताउलो हुनुहुँदैन। बिग्रियो भने हामीबाटै बिग्रिने हो। हामी सबै जिम्मेवार हुनुपर्छ। इमानदार हुनुपर्छ।’
साथै उनले जेठ १५ गते हुने राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलनमा सबैको सहभागिता गराउनुपर्ने बताए। उनले आन्दोलन सम्पूर्ण नेपालीको साझा आन्दोलन हो भन्ने ढंगले आफूलाई अगाडि ल्याउनुपर्ने बताए।
यसैगरी उनले आम जनतालाई १५ गते सडकमा ल्याउन सबैले मेहनत गर्नुपर्ने बताए। उनले अहिले थुप्रै पार्टीका शक्तिहरू मिलेकोले आफूहरू पनि मिलेर अगाडि बढ्नुपर्ने बताए।
उनले भने, ‘हामी अहिले जति छौं त्यतिले मात्रै पुग्दैन। यो कुरा म जहिले पनि भन्ने गरेको छु। छरिएकाहरू मिलेर आम जनताहरूलाई साथमा लिएर अगाडि बढ्दैनौं तबसम्म एजेण्डा पूरा हुन सक्दैन। जेठ १५ गते ११ दिन बाँकी छ १२ दिन बाँकी छ भनेर होइन भोलि नै छ भनेर काम सुरु गर्नुपर्छ। आन्दोलन राजसंस्था पुनर्स्थापनाको आन्दोलन, हिन्दु राष्ट्र पुनर्स्थापना गर्न चाहनेको पनि हो। देशमा सुशासन र विकास चाहनेको पनि हो। बैंक वित्तिय सहकारी पीडित मानिसहरूको पनि हो, देशभित्रै रोजगारीको वातावरण निर्माण हुनुपर्छ भन्नेको पनि हो र यो आन्दोलन विदेशमा रहेका गैरआवासीय नेपालीहरूको पनि हो। यो सम्पूर्ण नेपालीको साझा आन्दोलन हो भन्ने ढंगले आफूलाई अगाडि ल्याउनुपर्छ।’
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया