बिएल संवाददाता
आइतबार दिउँसोदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लाहरूमा पानी परिरहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका प्रदेशका जिल्लाहरूमा पानी परिरहेको हो।
काठमाडौं उपत्यकासहित सर्लाही, उदयपुर, ओखलढुङ्गा, सिन्धुपाल्चोक, गुल्मीलगायतका जिल्लामा पानी परिरहेको र चट्याङ परेकाले सतर्कता अपनाउन विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
एक घण्टाको अवधिमा सबैभन्दा धेरै वर्षा काठमाडौंको पानीपोखरी क्षेत्रमा रेकर्ड भएको छ। पानीपोखरीमा ३५.४ मिलिमिटर वर्षा भएको छ।
त्यसपछि धेरै वर्षा काभ्रेको खोपासी (पनौती) क्षेत्रमा १० मिलिमिटर वर्षा भएको छ। गत १२ घण्टाको अवधिमा सबैभन्दा धेरै वर्षा भने स्याङ्जामा रेकर्ड भएको छ।
स्याङ्जामा १०७ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागको रेकर्ड छ। कर्णाली र सुदूरपश्चिमका जिल्लामा भने फाटफुट्ट मात्र पानी परेको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया