बिएल संवाददाता
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका छन्।
शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले गृहमन्त्रालय लेखककै अन्डरमा रहेकाले प्रश्न उठिसकेपछि नैतिकताको आधारमा राजीनामा दिएर छानबिनमा सघाउनु उपयुक्त हुने सुझाव दिएका हुन्।
‘अहिले रमेशजीको जुन कुरा आएको छ, गृहमन्त्रालय त उहाँकै अन्डरमा छ नि त। रमेशजीको कुरा उठेपछि नैतिकताको आधार राजीनामा दिएर छानबिन गर्नुस् तपाईँहरू भने भइहाल्यो नि, गृह मन्त्रालय त उहाँकै अन्डरमा छ नि त। उहाँले नैतिकताको हिसाब म क्लिन छु, मैले राजीनामा गरें, छानबिन समिति बनाउनुस् गर्नुहोस्, भने भइहाल्यो नि। त्यसले मोरल स्ट्याटस पनि देखिन्छ।’
भिजिट भिसा प्रकरणमा अख्तियारले छानबिन थालेपछि गृहमन्त्रीको समेत संगलग्नता गरहेको आरोप लागिरहेका छन्। गृह प्रशासन आफ्नै अन्डरमा रहेकाले अनुसन्धान निष्पक्ष हुनेमा आशंका उत्पन्न हुने भन्दै शेखरले लेखलाई मार्गप्रशस्त गर्न आग्रह गरेका हुन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया