बिएल संवाददाता
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट स्थानीय तहका निर्वाचित वडाध्यक्षहरूलाई जनता र पार्टीबीचको सम्बन्धलाई सुदृढ बनाएर विकास र सुशासनका लागि काम गर्न निर्देशन दिएका छन्।
आइतबार एमालेको बागमती प्रदेशस्तरीय जननिर्वाचित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै ओलीले जनतालाई छिटो र सहज सेवाका साथै विकास र सुशासन कायम गर्ने क्रममा निर्वाचित पालिकाका प्रमुख, उपप्रमुख अरु पार्टी र पक्षसँग पनि राम्रो सम्बन्ध कायम गरी काम गर्न आग्रह गरे।
‘तपाईँहरू पार्टीबाट निर्वाचित भएर जिम्मेवारीमा गएको हो। निर्वाचन जितेपछि चङ्गाको धागो काटिए जस्तो पार्टीसँगको सम्पर्क काटिनु हुँदैन। मैले जितेँ, मलाई अरु मतलव छैन भन्न मिल्दैन। अर्को निर्वाचन पनि आउँछ। त्यसकारण तपाईंहरूले अहिले पार्टीका नीति, निर्देशनहरुलाई पालना गर्दै देश र जनताको सेवामा सक्रिय रहनुपर्छ।’
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया