बिएल संवाददाता
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले आफूले गलत काम गरेको प्रमाणित भएको दिनबाट राजनीतिमा देखा नपर्ने बताएका छन्।
शनिबार धनुषा जिल्लास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा कार्यकर्ताले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले यस विषयमा आफूले केही दिनपछि बोल्ने तर गृहमन्त्रालयले आजै विज्ञप्ति निकालेर स्पष्ट पार्ने बताए।
लेखकले भने, ‘केही दिनदेखि भिजिट भिसासँग जोडेर मेरो बारेमा समाजिक संजालमा लेख्ने काम भइरहेको छ। दुई/तीन दिन किन चुप लागेर बसेका थिएँ, यो कहाँबाट, कसरी, किन भइरहेछ भन्ने खोजीराखेको थिएँ। यस विषयमा मैले धेरै कुरा थाहा पाइसकेको छु। आजै काठमाडौं पुगेपछि मेरो मन्त्रालयले विज्ञप्ति निकाल्छ र दुई/चार दिनमा आफैं पनि केही कुरा बोल्छु। अनि देशभरका साथीहरूलाई प्रष्ट हुन्छ। त्यसो हुनाले त्यतातिर अहिले धेरै बोल्दिनँ।’
एक जना कार्यकताले ‘तपाईं चक्रब्यूमा त फसेको होइन?’ भनेर प्रश्न गरेका थिए। सोही प्रश्नको जवाफ दिँदै लेखकले यस्ता आरोपबाट पार्टीका नेता-कार्यकर्ताहरूले कुनै चिन्ता गर्नुपर्ने कारण नभएको बताए।
उनले भने, ‘म एउटै कुरा के भन्छु भने जीवनभर राजनीति गर्दा पार्टीका सार्थीहरूको मन सानो हुने टाउको निहुरिने काम गर्दिनँ। जुन दिन मेरा हातले कुनै गलत काम हुन्छ। त्यो दिनदेखि म राजनीतिकमा देखा पर्दिनँ।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया