बिएल संवाददाता
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले आफूले गलत काम गरेको प्रमाणित भएको दिनबाट राजनीतिमा देखा नपर्ने बताएका छन्।
शनिबार धनुषा जिल्लास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा कार्यकर्ताले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले यस विषयमा आफूले केही दिनपछि बोल्ने तर गृहमन्त्रालयले आजै विज्ञप्ति निकालेर स्पष्ट पार्ने बताए।
लेखकले भने, ‘केही दिनदेखि भिजिट भिसासँग जोडेर मेरो बारेमा समाजिक संजालमा लेख्ने काम भइरहेको छ। दुई/तीन दिन किन चुप लागेर बसेका थिएँ, यो कहाँबाट, कसरी, किन भइरहेछ भन्ने खोजीराखेको थिएँ। यस विषयमा मैले धेरै कुरा थाहा पाइसकेको छु। आजै काठमाडौं पुगेपछि मेरो मन्त्रालयले विज्ञप्ति निकाल्छ र दुई/चार दिनमा आफैं पनि केही कुरा बोल्छु। अनि देशभरका साथीहरूलाई प्रष्ट हुन्छ। त्यसो हुनाले त्यतातिर अहिले धेरै बोल्दिनँ।’
एक जना कार्यकताले ‘तपाईं चक्रब्यूमा त फसेको होइन?’ भनेर प्रश्न गरेका थिए। सोही प्रश्नको जवाफ दिँदै लेखकले यस्ता आरोपबाट पार्टीका नेता-कार्यकर्ताहरूले कुनै चिन्ता गर्नुपर्ने कारण नभएको बताए।
उनले भने, ‘म एउटै कुरा के भन्छु भने जीवनभर राजनीति गर्दा पार्टीका सार्थीहरूको मन सानो हुने टाउको निहुरिने काम गर्दिनँ। जुन दिन मेरा हातले कुनै गलत काम हुन्छ। त्यो दिनदेखि म राजनीतिकमा देखा पर्दिनँ।’
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया