
बिएल संवाददाता
गणतन्त्र दिवसको अवसरमा आयोजना गर्न लागेको कार्यक्रममा एमालेले ९५० जना स्वयंसेवक खटाएको छ।
पार्टी कार्यालयमा बुधबार विभिन्न जनवर्गीय संगठनहरूबाट छानिएका स्वयंसेवकहरूलाई प्रशिक्षणसमेत दिएको छ। स्वयंसेवकहरूलाई कार्यक्रमबारे विस्तृतमा जानकारी र खटिने क्षेत्रबारे प्रशिक्षण दिएको हो।
बालुवाटार स्रोतका अनुसार राजावादीहरूसँग मुडभेड नहोस् भनेर कार्यक्रमको सुरक्षार्थ र व्यवस्थापनका लागि ठूलो संख्यामा स्वयंसेवक खटाउन लागिएको हो।
केही दिनअघि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले जेठ १५ गते काठमाडौैं कब्जा गर्न कार्यकर्ताहरूलाई निर्देशन दिएका थिए।
उनको उत्तेजक अभिव्यक्तिलाई लिएर मानवअधिकार आयोगले समेत चेतावनी दिइसकेको छ। एमालेले कार्यक्रम भाड्न तयारी गरिरहेको भन्दै राजावादीहरू सशंकित भएका छन्।
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया