बिएल संवाददाता
मंगलबारका लागि तोकिएको प्रतिनिधिसभाको बैठक दुईपटक सूचना टाँस गर्दा पनि नबसी स्थगित भएको छ।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै प्रतिपक्षी दलहरूले बैठक अवरुद्ध गर्ने तयारी गरेपछि भोलि १ बजेसम्मका लागि सूचना टाँस गरेर बैठक स्थगित भएको हो।
बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो दुई बजेका लागि सारिएको थियो। तर प्रतिपक्षी दलहरूले राजीनामालाई नै बटमलाइन बनाएर सदनमा बोल्न दिने माग राखेपछि बैठक बस्न नसकेको हो।
संघीय संसद सचिवालयले भने विशेष कारणले स्थगित गरिएको बताएको छ।
‘आजै दिनको २ बजे बस्ने गरी सूचना प्रकाशित भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम ९३० बमोजिम सम्माननीय सभामुखले सभाको अर्को बैठक मिति ०८२ साल जेठ २१ गते बुधवार दिनको १ः०० बजे बस्ने गरी निर्धारण गर्नुभएको बेहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा लेखिएको छ।
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया