बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले बिचौलियाहरूले संख्याको बलमा षडयन्त्रपूर्ण तरिकाले माओवादीलाई सरकारबाट बाहिर ल्याएको बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित नेवाः तामाङ उपत्यका जागरण अभियान उदघाटन समारोहमा उनले माओवादीले नेपाललाई प्रतिनिधित्व गर्ने कुरामा रेकर्ड बनाए पनि प्रतिक्रियावादी, दलाल र बिचौलियाहरूलाई त्यो सह्य नभएको भन्दै उनीहरूले संख्याको बलमा षडयन्त्रपूर्ण तरिकाले आफूलाई सरकारबाट बाहिर ल्याएको बताए।
उनले भने, ‘हामीले आर्थिक पछौटेपनका विरुद्ध आर्थिक समृद्धिका लागि क्रमशः कदम चाल्दै अगाडि बढेकै हो। अनेक अन्तर्राष्ट्रिय सम्बन्ध सुधारको लागि पनि हामीले काम गरेकै हो। चाहे त्यो छिमेकी राष्ट्र भारत र चीनसँग सम्बन्धित कुरा होस, चाहे अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको इज्जतलाई प्रतिनिधित्व गर्ने कुरामा रेकर्ड बनाएकै हो। तर प्रतिक्रियावादी, दलाल, नोकरशाह र बिचौलियाहरूलाई त्यो सह्य भएन, र उनीहरूले संख्याको बलमा षडयन्त्रपूर्ण तरिकाले हामीलाई सरकारबाट बाहिर ल्याए।’
यस्तै, उनले बढी नै भाषण गर्ने प्रवृत्ति बढेको भन्दै जनताको कुरा बढी सुन्ने आफ्नो कुरा थोरै राख्ने गरे मात्र अभियान सफल हुने बताए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया