बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले बिचौलियाहरूले संख्याको बलमा षडयन्त्रपूर्ण तरिकाले माओवादीलाई सरकारबाट बाहिर ल्याएको बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित नेवाः तामाङ उपत्यका जागरण अभियान उदघाटन समारोहमा उनले माओवादीले नेपाललाई प्रतिनिधित्व गर्ने कुरामा रेकर्ड बनाए पनि प्रतिक्रियावादी, दलाल र बिचौलियाहरूलाई त्यो सह्य नभएको भन्दै उनीहरूले संख्याको बलमा षडयन्त्रपूर्ण तरिकाले आफूलाई सरकारबाट बाहिर ल्याएको बताए।
उनले भने, ‘हामीले आर्थिक पछौटेपनका विरुद्ध आर्थिक समृद्धिका लागि क्रमशः कदम चाल्दै अगाडि बढेकै हो। अनेक अन्तर्राष्ट्रिय सम्बन्ध सुधारको लागि पनि हामीले काम गरेकै हो। चाहे त्यो छिमेकी राष्ट्र भारत र चीनसँग सम्बन्धित कुरा होस, चाहे अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको इज्जतलाई प्रतिनिधित्व गर्ने कुरामा रेकर्ड बनाएकै हो। तर प्रतिक्रियावादी, दलाल, नोकरशाह र बिचौलियाहरूलाई त्यो सह्य भएन, र उनीहरूले संख्याको बलमा षडयन्त्रपूर्ण तरिकाले हामीलाई सरकारबाट बाहिर ल्याए।’
यस्तै, उनले बढी नै भाषण गर्ने प्रवृत्ति बढेको भन्दै जनताको कुरा बढी सुन्ने आफ्नो कुरा थोरै राख्ने गरे मात्र अभियान सफल हुने बताए।
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
इश्तियाकका चुनावी ‘इश्क’
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
रविलाई खेदिरहेको ‘नियति’सँगै रास्वपाले देशभरि चलाएको ‘स्वतन्त्र हावा’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया