बिएल संवाददाता
गृहमन्त्री रमेश लेखकले संघीयताबाट पछाडि फर्कने विषयले मुलुकलाई अन्धकारतर्फ लैजाने बताएका छन्।
बुधबार राज्य व्यवस्था तथा सुशासन समितिमा भएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्।
गणतन्त्र, संघीयता र समावेशिताबाट पछाडि फर्कने विषयले मुलुकलाई फेरि अन्धकार तिर लैजाने बताउँदै मन्त्री लेखकले केही राजावादी संस्थाहरूले गरिरहेको कुराको पछाडि नलाग्न आग्रह गरे।
उनले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ आवश्यक परिमार्जन गरी छिटोभन्दा छिटो समितिबाट पारित गर्नुपर्ने बताए। धेरै बालबालिकाहरूलाई पीडादायी अवस्थामा देखेको हुनाले विधेयक ल्याएको भन्दै यसलाई छिटोभन्दा छिटो समितिबाट पारित गर्न उनले आग्रह गरेका छन्।
उनले भने, ‘मेरो आग्रह के छ भने यसलाई छिटोभन्दा छिटो कस्तो बनाउने के बनाउने त्यो समितिले गर्ने काम हो। त्यसमा सरकारले आफ्नो विचार राख्ला, त्यो हामी राख्छौं नै। यो विधेयक हामीले धेरै अध्ययन गरेर लिएर आएको हो।’
यस्तै, उनले प्रत्येक देशको नागरिकता प्रकाश गर्ने विषय भूगोल, जनसांख्यिक अवस्था, राजनीति सबै कुराले निर्धारण गर्ने भन्दै नागरिकताको विषयलाई गम्भीर र संवेदनशील भएर हेरेको बताए।
उनले भने, ‘अर्को कुरा अहिले पूर्व राजावादी केही संघसंस्थाहरू, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दल र संस्थाहरूले गरिरहेको घटनाहरुको बारेमा प्रश्न उठेको छ मेरो आग्रह के हो भने हामी संघीय लोकतान्त्रि गणतन्त्रको व्यवस्थामा छौं। यो संविधानमा हाम्रा पूर्वजहरूले धेरै बलिदान, योगदान दिएर नै हामी आज यो ठाँउमा पुगेका छौं। गणतन्त्र, संघीयता, समावेशिताबाट पछाडि फर्कने विषयले मुलुकलाई फेरि अन्धकार तिर लैजान्छ। यसमा हामी सबै प्रष्ट हुन जरुरी छ। संविधानलाई फाल्ने काममा हामी कोही पनि नलागौं सरकारको धारणा यही हो। संविधान र गणतन्त्र फाल्न मिल्दैन र हुँदैन।’
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
इश्तियाकका चुनावी ‘इश्क’
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
रविलाई खेदिरहेको ‘नियति’सँगै रास्वपाले देशभरि चलाएको ‘स्वतन्त्र हावा’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया