कमल थापासँग पूनर्मिलनपछि लिङदेनले भनेः राष्ट्रवादी शक्तिहरू एक ठाउँमा आउनुपर्छ
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा लुटतन्त्र, निरङ्कुशता हावी भइरहेको भन्दै त्यसको अन्त्यको लागि राप्रपा बाहेक कुनै विकल्प नरहेको दाबी गरेका छन्। राजावादी आन्दोलनको क्रममा पक्राउ परेकाहरूको रिहाइको माग गर्दै राप्रपा नेपालले आयोजना गरेको जनप्रदर्शनमा बोल्दै उनले अहिले सिङ्गो देशले राप्रपालाई आशाको नजरले हेरिराखेको भन्दै सबै प्रकारका आग्रह पूर्वाग्रह त्यागेर देशलाई निकास दिन एक ठाउँ बसेर अगाडि बढ्न राष्ट्रिय प्रजातन्त्र पार्टी सदैव तयार रहेको बताए। उनले भने, ‘अहिले प्रजातन्त्रको नाममा लोकतन्त्रको नाममा देशमा लुटतन्त्र, निरङकुशता हावी भइरहेको छ। त्यसको अन्त्यको लागि हामी बाहेक देशमा कोही विकल्प र शक्ति छैन। अहिले सिङ्गो देशले हामीलाई आशाको नजरले हेरिराखेको छ। त्यसकारण सबै देशभक्ति साथीलाई आग्रह गर्न चाहन्छु। सबै प्रकारका आग्रह पूर्वाग्रह त्यागेर देशलाई निकास दिन एक ठाउँ बसेर अगाडि बसौं। राष्ट्रिय प्रजातन्त्र पार्टी सदैव तयार छ।’
बिएल संवाददाता - काठमाडौं