बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई स्वतन्त्र र निष्पक्ष रूपमा अनुसन्धान गर्न दिनुपर्ने बताएका छन्।
शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले हाल गृहमन्त्री रमेश लेखकसम्बन्धी उठिरहेको विषयमा प्रत्यक्ष राजनीतिक हस्तक्षेप गर्न नहुने बताएका हुन्।
उनले यस प्रकरणले कानुनी सुधारको खाँचो औंल्याएको भन्दै भविष्यमा अख्तियार र अन्य अनुसन्धान निकायको संरचना, भूमिका र प्रक्रियामा व्यापक सुधार आवश्यक रहेको उल्लेख समेत गरेका छन्।
त्यसैगरी, पार्टीको आगामी १५औं महाधिवेशनको सन्दर्भमा बोल्दै महामन्त्री थापाले अहिले त्यसबारे सोच्ने समय नभएको स्पष्ट पारे।
उनले आफूलाई १४ औं महाधिवेशनमा दिइएको जिम्मेवारी पुरा गर्ने कार्यमा केन्द्रित रहेको समेत बताए।
महामन्त्री थापा लोकतान्त्रवादी याक्थुङ संघको अधिवेशनमा सहभागि हुन धरान आएका हुन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया