बिएल संवाददाता
सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल गरेका छन्।
संसदको गतिरोध हटाउने सभामुखको तयारीको निरन्तरता स्वरुप आइतबार सभामुख घिमिरेले कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमाले मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका छन्।
सदनमा प्रतिपक्षीको अवरोध जारी रहेपछि सभामुख रुष्ट बनेका छन्। उनले सचेतकहरूलाई सदनमा अवरोध हुँदा बजेटमाथिको छलफल सुरु हुन नसकेकोतर्फ ध्यानाकर्षण गराएका सभामुखको सचिवालयले जनाएको छ।
छलफलमा प्रमुख विपक्षी दल माओवादीका प्रमुख सचेतक पाण्डेले विपक्षी दलहरूको बैठकपछि मात्र धारणा सार्वजनिक हुने बताएका छन्।
यता सत्तापक्ष एमाले र कांग्रेसका प्रमुख सचेतकहरूले गृहमन्त्रीको राजीनामा र छानबिनका विषयमा आफ्नो यसअघिकै अडान दोहोर्याएपछि बैठकले ठोस निष्कर्ष दिन सकेन।
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया