बिएल संवाददाता
सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल गरेका छन्।
संसदको गतिरोध हटाउने सभामुखको तयारीको निरन्तरता स्वरुप आइतबार सभामुख घिमिरेले कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमाले मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका छन्।
सदनमा प्रतिपक्षीको अवरोध जारी रहेपछि सभामुख रुष्ट बनेका छन्। उनले सचेतकहरूलाई सदनमा अवरोध हुँदा बजेटमाथिको छलफल सुरु हुन नसकेकोतर्फ ध्यानाकर्षण गराएका सभामुखको सचिवालयले जनाएको छ।
छलफलमा प्रमुख विपक्षी दल माओवादीका प्रमुख सचेतक पाण्डेले विपक्षी दलहरूको बैठकपछि मात्र धारणा सार्वजनिक हुने बताएका छन्।
यता सत्तापक्ष एमाले र कांग्रेसका प्रमुख सचेतकहरूले गृहमन्त्रीको राजीनामा र छानबिनका विषयमा आफ्नो यसअघिकै अडान दोहोर्याएपछि बैठकले ठोस निष्कर्ष दिन सकेन।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया