बिएल संवाददाता
प्रतिनिधि सभामा जारी अवरोध बारे छलफल गर्न बसेको विपक्षी दलहरूको बैठक सकिएको छ।
बैठक सकिए लगत्तै माओवादी नेताहरू कांग्रेस नेताहरूसँग छलफलमा जुटेका छन्। खुमलटार स्रोतका अनुसार अध्यक्ष ‘प्रचण्ड’को सन्देश लिएर शक्ति बस्नेतलगायत नेताहरू कांग्रेसका नेताहरूलाई भेट्न गएका छन्।
विपक्षी दलहरूको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि अनुसन्धान गर्न छानबिन आयोग बनाउने मागबाट पछि नहट्ने निष्कर्ष निकालेको छ।
सोही निर्णय सुनाउन माओवादी नेताहरू कांग्रेस नेताहरूलाई भेट्न पुगेको बताइएको छ।
सत्तापक्षले भने छानबिन समिति कुनै पनि हालतमा नबन्ने बताइसकेको छ। लामो समयदेखि जारी छलफल निष्कर्षविहिन बनिरहेपछि एमाले र कांग्रेसका प्रमुख सचेतकहरूले आजबाट सदनमा पेलेरै अघि बढ्ने बताइसकेका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया