बिएल संवाददाता
काभ्रेका अर्जुन लामाको हत्या प्रकरणमा पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा विरुद्धको रिटमा सुनुवाइ सकिएको छ।
प्रधानन्यायाधीश प्रकाशमान सिंहसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडालको संवैधानिक इजलासमा सुनुवाइ सकिएको हो।
सापकोटाको तर्फबाट बुधबार वरिष्ठ अधिवक्ताहरू रमनकुमार श्रेष्ठ, दिनमणि पोखरेल र मुक्तिनारायण प्रधानले बहस गरेका थिए। त्यसअघि निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याललगायतले बहस गरेका थिए।
माओवादी सशस्त्र विद्रोहको समयमा भएको लामाको हत्या प्रकरणमा १३ वर्षअघि लामाकी श्रीमती पूर्णिमाया र मानवअधिकारकर्मीले सापकोटाविरुद्ध रिट दायर गरेका थिए।
लामाकी श्रीमती पूर्णिमायाले सापकोटासहित माओवादी कार्यकर्ताहरू विरुद्ध किटानी जाहेरी दिएकी थिइन्। तर, लामो समयसम्म प्रहरीले जाहेरी नै लिन मानेन।
अन्ततः सर्वोच्च अदालतको आदेशपछि २०६९ मङ्सिरमा सापकोटासहित माओवादी नेताहरू विरुद्ध रिट दायर भएको थियो।
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया