बिएल संवाददाता
प्रतिनिधि सभाको अवरोध हटाउने विषयमा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूबीच छलफल भएको छ।
बिहीबार संघीय संसद भवन बानेश्वरस्थित शंकर हलमा दुई दलका नेताहरूबीच छलफल भएको हो।
कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक श्याम घिमिरे सहभागी थिए भने रास्वपाबाट उपसभापति डा. स्वर्णिम वाग्ले र प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए।
दुई दलबीच सदनको अवरोध हटाउने विषयमा छलफल भएको तर, कुनै निष्कर्ष भने ननिस्किएको कांग्रेसका प्रमुख सचेतक घिमिरेले बताए।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजिनामा नआएसम्म संसद बैठक चल्न नदिने रास्वपासहितका प्रतिपक्षीको अडानले बैठक बस्न सकेको छैन।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया