बिएल संवाददाता
राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले माओवादीले पूर्वसभामुख अग्नि सापकोटा पक्राउ पर्ने डरले संसद खोल्न लचिलो भएको आरोप लगाएका छन्।
बुधबार सर्वोच्च अदालतले काभ्रेका अर्जुन लामा हत्या प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख अग्नि सापकोटामाथि अनुसन्धान गर्न आदेश दिएपछि माओवादीले गृहमन्त्री रमेश लेखकलाई बोल्न दिन लचक देखिएको थियो।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीको राजीनामालाई नै बटमलाइन बनाएर विपक्षीसँगै संसदमा अवरोध गर्दै आएको माओवादी बिहीबार अचानक राजीनामाभन्दा छानबिनलाई प्राथमिकता दिने भन्दै लचक देखिएपछि शाहीले यस्तो आरोप लगाएका हुन्।
शाहीले हत्या प्रकरणमा सापकोटालाई बचाउने र भिजिट भिसा प्रकरणमा गृहमन्त्रीलाई बचाउने विषयमा माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृहमन्त्रीबीच भेटघाट भएको दाबी गरेका छन्।
शाहीले बिहीबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘गिभ एन्ड टेक… माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख अग्नि सापकोटा पक्राउ पर्ने डरले संसद खोल्न माओवादी लचिलो भएर तयार भएको देखिन्छ। गृहमन्त्री रमेश लेखक र नारायणकाजी श्रेष्ठबिच भेटघाट, भिजिट भिसामा गृहमन्त्रीलाई बचाउने। सरकारले माओवादी नेताहर" अग्नि सापकोटा र सांसद सुर्यमान दोङलाई पक्राउ नगर्ने, गृहमन्त्रीको राजीनामाबाट पछाडि हट्यो माओवादी। शक्ति र सत्ता कति शक्तिशाली हुन्छ भन्ने उदाहरण हो। अनि कसरी विधिको शासन हुन्छ अनि देशमा विधिको शासन छ भन्दै केही साथीहरू कराउँदै उफ्रिरहेका छन्। त्यही भएर भन्छु। अवस्था सुधार्न व्यवस्था सुधार गर्नैपर्छ।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया