बिएल संवाददाता
नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आफू सँधै भ्रष्टाचारको विरुद्धमा उभिएको दाबी गरेका छन्।
अख्तियारले पतञ्जलीको जग्गा हिनामिना प्रकरणमा नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनले आफूले ‘एक रूपैयाँ पनि भ्रष्टाचार नगरेको’ दाबी गरेका हुन्।
बिहीबार रौतहटमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूले कसैबाट अनुचित लाभ नउठाएको दाबी गर्दै श्वामी रामदेव र आचार्य बालकृष्ण जस्तो व्यक्ति भएको पताञ्जलीमा अनुचित गर्ने कुरा कसैले कल्पना गर्न पनि नसक्ने बताए।
उनले भने, ‘कसले के लुपहोल राखे होलान्, मलाई त्यसबारे जानकारी भएन। पतञ्जलिजस्तो संस्थामा त्यस्तो होला भन्ने मैले कल्पना पनि गरेको थिएनँ।’
उनले थपे, ‘म राष्ट्रलाई नोक्सान पर्ने कुनैपनि कामको विरुद्धमा रहन्छु। कसैबाट भएको छ भनेर उचित होइन भनेर दृढताका साथ उभिएको छु। त्यहाँ मैले नै निर्देशन दिएँ भनेर लेखिएको छ। मैले मन्त्रीलाई यस्तो कुनै अनुचित काम गर्न आजसम्म निर्देशन दिएको छैन। त्यसको प्रमाण पेस गरियोस्।’
अख्तियारले माधव नेपालमाथि १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी गरेको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया