बिएल संवाददाता
सुनसरीको धरान उपमहानगरपालिका-१३ शिवधारा स्थित कोशी लोकमार्गबाट असार २ गते सशस्त्र प्रहरीले करीव २ हजार १ सय ३० किलोग्राम गाजाँसहित ट्रक नियन्त्रणमा लिएको छ।
भेडेटारबाट धरानतर्फ आउँदै गरेको प्रदेश १-०२-००२ ख ०८४८ नम्बरको ट्रकमा राखी ल्याउँदै गरेको ७० बोरा गाँजा तथा ३१ बोरा अदुवा र तरकारीसहितको ट्रक विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश धरानले नियन्त्रणमा लिएको हो।
गाँजा ल्याउने व्यक्ति तथा ट्रकका चालक भने फरार रहेका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।
बरामद गाँजा तथा तरकारी र ट्रक आवश्यक कारवाहीको लागि सम्बन्धित नियकायमा बुझाउने प्रक्रियामा रहेको डीएसपी थापाले बताए।
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया