बिएल संवाददाता
राष्ट्रिय सस्वतन्त्र पार्टीका सांसदहरू संसदमा जुत्ता चप्पल खोलेर बसेको भन्दै सत्तारुढ एमालेले नियमापत्ति गरेको छ।
सोमबारको प्रतिनिधि सभामा पनि रास्वपा सांसदहरूले नारावाजी गर्दै विरोध जारी राखेका छन्। यतिबेला रास्वपा सांसदहरू वेल घेराउ गर्दै भुइमै बसेर नारावाजी गरिरहेका छन्।
भुइँमा बस्ने क्रममा सभामुखको आशनतर्फ जुत्ता चप्पल खोलेर बसेको भन्दै एमाले सांसद दामोदर बैरागीले नियमापत्ति गरेका हुन्।
नियमापत्ति गर्दै बैरागीले भने, ‘कसैले विरोध गर्नुपर्यो भने उभिएर विरोध गर्ने हाम्रो परम्परा पनि छ, नियमावलीमा व्यवस्था पनि छ। तर, सम्माननीय सभामुखको आसनतर्फ जुत्ता, चप्पल खोलेर, ध्यान गरेजस्तो गरेर विरोध गर्ने यो संसदीय मर्यादा भएन। संसदीय मर्यादा कायम गर्नका लागि सम्माननीय सभामुखको ध्यानाकर्षण गराउँछु।’
उनले नियमापत्ति जनाउँदै गर्दा रास्वपा सांसदहरूले भने ‘भ्रष्टका मतियार होसियार’ भन्दै नाराबाजी गरेका थिए।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया