बिएल संवाददाता
विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा बैठकमा अवरोध जारी राखेका छन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै निरन्तर संसद अवरोध गर्दै आएका रास्वपा र राप्रपाले आजको बैठकमा पनि अवरोध गरेका हुन्।
सोमबारको बैठक सुरु हुनेबित्तिकै रास्वपा र राप्रपाले उठेर विरोध गरेका थिए। त्यसपछि सभामुखले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र रास्वपा प्रमुख सचेतक सन्तोष परियारलाई बोल्न समय दिए।
उनीहरूले आफ्नो धारणा राख्दै आफ्ना मागबाट पछि नहट्ने बताएपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको कारबाही अगाडि बढाएका हुन्।
राप्रपा र रास्वपाको अवरोधकाबीच प्रतिनिधि सभामा बजेटमाथि धारणा राख्ने कार्यक्रम जारी छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया