बिएल संवाददाता
प्रतिनिधि सभाको सोमबारको बैठकमा पनि रास्वपा र राप्रपाले विरोध जारी राखेको छ। रास्वपाले वेल घेराउ गर्दै नाराबाजी गरिरहँदा राप्रपाले बैठक बहिष्कार गरेको छ।
सभामुख देवराज घिमिरेले सदनमा अवरोध जारी रहँदारहँदै पनि पेलेरै बैठक अघि बढाएका थिए। अहिले पनि रास्वपाको अवरोधका बीच बजेटमाथिको छलफल जारी छ।
सदन सहज रुपमा सञ्चालनका लागि आग्रह गर्दै सभामुखले बैठकअघि नै रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल र प्रमुख सचेतक सन्तोष परियारसँग छलफल गरेका थिए।
सभामुखले सरकारी निवास बालुवाटारमा उनीहरूसँग एकघण्टा लामो छलफल गरेका थिए। छलफलमा सभामुखले संसद अबरूद्ध हुँदा जनतामा गलत सन्देश गएको बताउँदै आन्दोलनको स्वरुप बदल्न आग्रह गरेका थिए।
उनले विपक्षीले उठाएका मुद्दा गम्भीर रहेका कारण दुई सातासम्म संसदलाई सहमतिका लागि रोकेको समेत बताउँदै अब रोक्ने अवस्था नरहेको जिकिर गरेका थिए।
सभामुखले आफूले संवैधानिक सीमाहरूलाई ख्याल गरेर नै अगाडि बढेको दाबी गर्दै राष्ट्रिय सभाले ५ गतेभित्र प्रतिनिधि सभाबाट विनियोजन विधेयक पठाउन आग्रह गरेकोले जुनसुकै हालतमा बजेट पारित गर्नैपर्ने अवस्था रहेको भनेका थिए।
सभामुख घिमिरेले रास्वपालाई आन्दोलनको स्वरुप बदलेर पनि संवैधानिक सीमा र बाध्यता बुझ्न आग्रह गरेका थिए। उनले सरकारसँग संवादका लागि आवश्यक सहजीकरण गर्नुपर्ने प्रति गम्भीर भएर लाग्नुपर्ने बताएका थिए।
भेटमा सभामुखले भने ‘दुई सातादेखि विपक्षीको अवरोधले संसद बन्धक भयो। बजेटबारे ब्यापक छलफल गर्नुपर्ने, समृद्ध बनाउने बेला संसद अवरूद्ध हुँदा जनतामा गलत सन्देश गएको छ।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया