बिएल संवाददाता
काठमाडौं जिल्ला अदालतले तीनकुने घटनाका अभियुक्त राप्रपाका महामन्त्री डा. धवलशमशेर राणालाई तीन लाख धरौटीमा छाड्न आदेश दिएको छ।
सोमबार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका राणाविरुद्ध न्यायाधीश शिवप्रसाद खनालको इजलासमा थुनछेक बहस भएको थियो। बहसपछि इजलासले राणासँग तीन लाख धरौटी मागेको हो।
गत चैत १५ गते हिंसात्मक आन्दोलन भएको थियो। सोही दिन पक्राउ परेका राणा स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छुटेका थिए। तर, त्यसयता उनी सम्पर्कबिहिन थिए।
आज अदालतमा उपस्थित भएका राणाको बयान लिएर बहस सुरु भएको थियो। उनको तर्फबाट डा. भीमार्जुन आचार्य, शतिशकृष्ण खरेल, गोविन्द बन्दी, बिष्णु भट्टराई, राजु बस्नेत लगायतले बहस गरेका थिए।
सरकारका तर्फबाट ४ जना वकिलहरूले बहस गरेका थिए।
राणासँगै पक्राउ परेका राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र भने हालसम्म पनि सम्पर्कविहिन छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया