बिएल संवाददाता
राप्रपा सांसद धवल शमशेर जबराले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटना राप्रपाले नभई राज्यको आतंकका कारण भएको बताएका छन्।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले जनता भड्किएका कारण र राज्यले भड्काएका कारण त्यस्तो घटना हुन पुगेको आरोप लगाए। उनले मञ्चमा राष्ट्रिय गान बजिरहेको समयमा समेत अश्रु ग्याँसको प्रयोग भएको जिकिर गरे।
सांसद जबराले आफूहरूले छानबिन समितिको माग गरिरहेको तर सरकार भने छानबिन समिति बनाउन डराइरहेको बताए।
‘चैत्र १५ गते तीनकुनेमा भएको घटना राज्यको आतंक हो। मञ्चमा राष्ट्रिय गान बज्दासमेत अश्रु ग्याँसको प्रयोग गरिएको छ। अहिलेसम्म कति आन्दोलन भयो कहिले पनि यस्तो भएको थिएन । घटना हामीले गरेको होइन राज्य आतंकका कारण घटेको हो। दुर्गा प्रसाईंले पनि आतंक मच्चाएका होइनन् जनतालाई राज्यले नै भड्काएको हो। घट्नाको छानबिनको माग गरेका छौँं। सरकार छानबिन गर्न किन डराइरहेको छ,’ उनले भने।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया