बिएल संवाददाता
संविधानविद् वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवलीद्वारा लिखित ‘सुगौली सन्धि र नेपालमा नागरिकताः ब्रिटिस गोर्खा बंशजको नागरिकता निरन्तरता’ पुस्तक विमोचन गरिएको छ। शनिबार एक विशेष कार्यक्रमकाबीच उक्त पुस्तक विमोचन गरिएको हो।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले ब्रिटिस गोर्खा सैनिकलाई नेपाली नागरिकताको निरन्तरता दिनुपर्ने विषयमा आफ्नो धारणा राखेका छन्। उनीहरूले सो विषयलाई गम्भीर बहस र छलफलको माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिए।
कांग्रेस सभापति देउवाले ब्रिटिस गोर्खा सैनिकले पनि अन्य सैनिक सरह सेवा र सुविधा पाउनुपर्ने बताउँदै नागरिकताको निरन्तरताको माग स्वभाविक भएको धारणा राखे।
उनले भने, ‘ब्रिटिस गोर्खा सैनिकहरूले अरु सैनिक सरह नै सेवा र सुविधा पाउनुपर्छ भन्नेमा म स्पष्ट छु। ब्रिटिस गोर्खा सैनिकहरूले नेपालको नागरिकताको निरन्तरताको कुरा उठाएका छन्। यस विषयमा राजनीतिक दलहरूले बहस, छलफल गरेर स्पष्ट गर्नेछन्। ब्रिटिस गोर्खा सैनिकहरूले नेपाली नागरिकताको निरन्तरता पाउनुपर्छ भन्ने कुरा उठाउनु स्वभाविक हो।’
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया