बिएल संवाददाता
संविधानविद् वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवलीद्वारा लिखित ‘सुगौली सन्धि र नेपालमा नागरिकताः ब्रिटिस गोर्खा बंशजको नागरिकता निरन्तरता’ पुस्तक विमोचन गरिएको छ। शनिबार एक विशेष कार्यक्रमकाबीच उक्त पुस्तक विमोचन गरिएको हो।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले ब्रिटिस गोर्खा सैनिकलाई नेपाली नागरिकताको निरन्तरता दिनुपर्ने विषयमा आफ्नो धारणा राखेका छन्। उनीहरूले सो विषयलाई गम्भीर बहस र छलफलको माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिए।
कांग्रेस सभापति देउवाले ब्रिटिस गोर्खा सैनिकले पनि अन्य सैनिक सरह सेवा र सुविधा पाउनुपर्ने बताउँदै नागरिकताको निरन्तरताको माग स्वभाविक भएको धारणा राखे।
उनले भने, ‘ब्रिटिस गोर्खा सैनिकहरूले अरु सैनिक सरह नै सेवा र सुविधा पाउनुपर्छ भन्नेमा म स्पष्ट छु। ब्रिटिस गोर्खा सैनिकहरूले नेपालको नागरिकताको निरन्तरताको कुरा उठाएका छन्। यस विषयमा राजनीतिक दलहरूले बहस, छलफल गरेर स्पष्ट गर्नेछन्। ब्रिटिस गोर्खा सैनिकहरूले नेपाली नागरिकताको निरन्तरता पाउनुपर्छ भन्ने कुरा उठाउनु स्वभाविक हो।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया