बिएल संवाददाता
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले विश्वका अन्य देशमा नभएको प्राकृतिक सम्पत्ति नेपालमा मात्र भएको दाबी गरेका छन्।
विदेशी मुलुकले सबैथोक बनाएपनि नेपालको जस्तो प्राकृतिक झरना, नदी वा लुम्बिनी, पशुपति क्षेत्र बनाउन नसक्ने पौडेलले दाबी गरे।
शनिबार ‘पर्यटनमा बजेट प्राथमिकता, कार्यान्वयन र उपलब्धी’ विषयक कार्यक्रममा बोल्दै उनले विश्वको सबैभन्दा उत्कृष्ट र राम्रो देश ‘नेपाल हो’ भनेर चिनाउनुपर्ने बताउँदै संसारको सबैभन्दा लामो केबलकार नेपालमा बनाउने हो भने आर्थिक विकासमा सहयोग पुग्ने समेत जिकिर गरे।
पर्यटन क्षेत्रमा राज्यको लगानीले मात्र नपुग्ने भएकाले विदेशी सहयोग अनिवार्य आवश्यकता भएको उनको भनाइ थियो।
सरकारले गरिरहेका कामबारे जनताले मूल्यांकन गरिरहेकाले सजकताका साथ काम गर्नुपर्ने पनि औंल्याए।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया