बिहिबार, ०५ मार्च २०२६

मधेस कृषि विश्वविद्यालयका उपकूलपति र रजिष्ट्रार बर्खास्त

विश्वविद्यालयको नीति विपरीत अनधिकृत काम गरेको भन्दै उनीहरूविरुद्ध उजुरी परेको थियो। त्यही आधारमा नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहनप्रसाद साहको नेतृत्वमा एउटा छानबिन समिति गठन भएको थियो। समितिले गत असोजमा प्रतिवेदन बुझाएको थियो। जसमा उनिहरूमाथि लागेको आरोप पुष्टी हुने आधारहरू प्रस्तुत गरिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भूमिबाहेकका पाँच अध्यादेश संसदमा पेश हुँदै, सत्तारुढ सांसदहरूलाई ह्वीप

जसपा नेपाललगायतका केही दलहरूको असहमतिका कारण भूमिसम्बन्धी अध्यादेश भने सरकारले होल्डमा राखेको छ। यसलाई प्रतिस्थापन गर्ने वा विकल्पको रुपमा दलसम्बन्धी विधेयक ल्याएर साना पार्टीलाई दवाबमा राख्ने भन्नेमा गठबन्धन एमाल‍े-कांग्रेस छलफलमै छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पानीजहाज कार्यालयको गुनासो- वनले गर्दा जहाज चलाउन पाइएन

उनले भने, ‘आन्तरिक जलमार्गको लागि हाम्रो सबैभन्दा ठूलो अवरोध भनेको वनको हो। किनभने उहाँहरूले जलमार्ग हाम्रो हो भन्नु हँदोरहेछ। त्यसकारण यो एकदमै ठूलो समस्या हुँदोरहेछ। बर्खामा ठूला-ठूला बाढी आउँछ, वनबाट नआइज भन्न मिल्दैन। मोटर बोटले त पानी हल्लाउने काम मात्रै गर्छ। तर वनलाई छुनै पाइदैन भन्ने जस्तो कुरा गर्नु भएको छ।’ यसको साथै, उनले दुई छिमेकी देशले देश विकासका ठूला ठूला काम गर्दैगर्दा नेपाल एउटा सानो आर्थिक क्षेत्रको पाटोलाई पनि अगाडि बढाउन नसकेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टिकापुर काण्डमा जालझेल थियो, रेशमलाई मैले नै छुटाएको हुँ- प्रचण्ड

थारु समुदायको नेतृत्व गर्ने राष्ट्रिय शक्ति माओवादी अब फेरि आफ्नो वर्ग र समुदायमा फर्किने प्रतिबद्धतासहित रुपान्तरणको दिशामा अघि बढेकाले थारु समुदायकै मुक्तिका लागि भनेर फरक शक्ति आवश्यक नपर्ने उल्लेख गर्दै उनले  रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीलाई पनि माओवादीमा समाहित हुन आह्वान गरे।  उनले विगतमा माओवादीमा रहेर हाल अन्य दलमा पुगेका थारु अगुवाहरूलाई पनि मूल घरमै फर्केर थारु अधिकार थप स्थापित गर्ने आन्दोलनमा सहभागी हुन आह्वान गरे। माओवादीको नेतृत्व र लाखौं जनताको रगत पसिनाबाट प्राप्त राजनीतिक अधिकारको रक्षा, प्रयोग र विकास गर्ने जिम्मेवारी पनि माओवादीकै भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - कैलाली

राप्रपाको विद्यार्थी संगठनले जुम्ला बहुमुखी क्याम्पसमै पाएन उम्मेदवार

तिबेला देशभरका ६२ आंगिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसका विद्यार्थीहरू निर्वाचनमा होमिएका छन्। क्रियाशिल विद्यार्थी संगठनहरूले अहिले क्याम्पस-क्याम्पसमा उम्मेदवार टुङ्ग्याउँदैछन्, त कतै-कतै विद्यार्थी-विद्यार्थी समूहबीच लडाइँ-झगडा पनि जारी छ। तर, यो विद्यार्थीको ‘चुनावी माहोल’मा जुम्लास्थित साविक कर्णालीको एकमात्र आंगिक जुम्ला बहुमुखी क्याम्पसमा राप्रपानिकट विद्यार्थी संगठन राप्रविसंघको सांगठनिकले उम्मेदवारै नपाएको व्यापक चर्चा छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रंगशालामा ओलीविरुद्ध नारा लगाउने युवा पहिले ‘माओवादी’ अहिले ‘राजावादी’

रंगशाला भित्रको माहोल फरक थियो। इटालियन लेजेन्ड गोलकिपर जियानलुइजी बुफोन केपी ओली कपको प्रमुख आकर्षण थिए। उनको समर्थनमा दर्शकहरूले ‘वुफोन-वुफोन…’ को नारा लगाइरहेका थिए। यसकैको बीचमा देखिए एक युवा- जसले प्रधानमन्त्रीको विरोधमा हुटिङ गरिरहेका थिए। उनको हुटिङले नजिक रहेका दर्शकहरूले असन्तुष्टि जनाए र उनलाई केही नगरी रंगशालाबाट निकाल्न आग्रह गरे। तर, जब यो कुरा युवा संघका कार्यकर्ताको कानमा पुग्यो- उनीहरू आफ्नो असली अवतारमा उत्रिहाले।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अध्यादेश ल्याउनुको कुनै तुक छैन, हामी स्वीकार्दैनौं- झलनाथ खनाल

नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले अहिले मुलुकमा अध्यादेशमार्फत कानुन ल्याउनुपर्ने कुनै आवश्यक्ता नभएको बताएका छन्। मंगलबार जनकपुरधाममा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता खनालले अध्यादेश ल्याउनुको कुनै तुक नरहेको भन्दै अध्यादेशलाई आफ्नो पार्टीले कुनैपनि हालतमा स्वीकार नगर्ने दावी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालको चुच्चे नक्सा भित्तामा ‘नाग टाँसे सरह’ मात्र भयो: झलनाथ खनाल

उनले सरकारले कुनै पार्टीलाई लक्ष्य गरेर विभाजनसम्बन्धी विधेयक ल्याए त्यो गलत हुने बताए। मंगलबार जनकपुरधाममा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता खनालले सरकारको दल विभाजन सम्बन्धी विधेयकले आफनो पार्टी नफुटने दावी समेत गरेका छन्। खनालले बामपन्थी एकता आजको आवश्यकता रहेको बताउँदै एकता व्यक्ति प्रधानभन्दा नीतिप्रधान हुनुपर्नेमा जोड दिए। उनले नीति प्रधान भएको खण्डमा बामपन्थी एकता टिकाउ र बलियो हुने धारणा व्यक्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भोलि अध्यादेश पेश हुँदै, एमाले-कांग्रेसका सांसदलाई ह्वीप

प्रतिनिधि सभामा स्पष्ट बहुमत भएपनि राष्ट्रिय सभामा भने जसपा नेपालले साथबिना बहुमत पुग्ने स्थिति छैन। जसपा नेपालले भूमिबाहेक अन्य विधेयकमा समर्थन गर्ने जनाएकोले ती विधेयकहरू मात्र पेश गर्न लागिएको हो। नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले भोलिको प्रतिनिधि सभा बैठकमा अध्यादेश पेश हुने जानकारी दिँदै सांसदहरूलाई उपस्थितिको लागि निर्देशन दिएका छन्। उनले सांसदहरूलाई एसएमएसमार्फत भनेका छन्, ‘माननीय सदस्यहरू, भोलि १ बजे बस्ने प्रतिनि

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

याे सरकार जति टिक्छ, माओवादीलाई त्यत्ति फाइदा हुन्छ प्रचण्ड

‘अहिलेको सरकार अपारदर्शी, असंवैधानिक र अलोकतान्त्रिक तरिकाले बनेको हो भन्ने हामीले सुरुदेखि नै भन्दै आएको हौं’ अध्यक्ष प्रचण्डले भने ‘सरकारले अहिलेसम्म जे जस्ता क्रियाकलाप गर्दै आएको छ, उसको उद्देश्य जनताले एकपछि अर्को गरी बुझ्दै गएका छन्, त्यसैले यो सरकार जटि टिक्छ, माओवादी केन्द्रलाई फाइदा हुन्छ। हामी जनताको बीचमा गइसकेका छौं, हामीलाई जनतातिरै ठिक छ।’

बिएल संवाददाता

बिएल संवाददाता - नेपालगन्ज

युक्रेनलाई दिने सबै सहयोग रोक्ने ट्रम्पको घोषणा

ट्रम्पले दोस्रोपटक अमेरिकी राष्ट्रपतिको कार्यकाल सम्हाले लगत्तै त्यो सहायताको बदलामा युक्रेनसँग खनिज मागेका थिए। संसारमै दुर्भल र बहुमूल्य ती खनिज भएका युक्रेनी भूमि अहिले रुसको कब्जामा छ। रुस-युक्रेन युद्ध रोक्ने अभियानमा लागेका ट्रम्पले त्यसको बदलामा दुबै देशसँग चर्को मूल्य मागिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारलाई दिएको समर्थन फिर्ता लिने हल्ला मात्रै हो: प्रवक्ता सुमन

उनले भने, ‘यो सरकारले राम्रो काम गरेन भनेर हाम्रो प्रस्ताव नै छ। भ्रष्टाचार, वेथिति रोक्न सकेन र देशमा केही नौलो गरेको देखिएन भन्ने प्रस्तावमा उल्लेख छ। सरकारलाई गरेको समर्थन फिर्ता लिने जस्तो कुरा भन्ने चाही होईन। हामीले एउटा स्थिर सरकारको कल्पना गर्दै प्रधानमन्त्रीलाई विश्वासको मत दिएका थियौं र भोलिका दिनमा पनि ओलीको सरकार सधैं चलोस भनेर हामीले भनेका हुन्छौ। उहाँले प्रस्तुत गर्नु भएको भूमि सम्बन्धी अध्यादेश भने मान्न सकिदैन। यो फिर्ता लिनु भनेर पटक पटक सरकारलाई भनेका छौं तर यो हुँदैमा समर्थन फिर्ता लिने भन्ने हुदैन।’ यस्तै, उनले बैठकको भोली ११ बजे बस्नेगरि स्थगित भएको भन्दै आजसम्म ५३ जना पार्टीका केन्द्रीय सदस्यहरूले लिखित प्रतिवेदन सहित आफ्नो मन्तव्य व्यक्त गरेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मुकुमलुङ आन्दोलनमा दमन गरिएकोमा आदिवासी जनजाति महासंघको विरोध

परिषद्ले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मुकुमलुङ क्षेत्रमा धार्मिक आस्थाविपरीत केवलकार निर्माणको विरोधमा भइरहेका शान्तिपूर्ण प्रदर्शनमाथि सुरक्षा निकाय र भिजिलान्ते प्रयोग गरेर गोली प्रहार गर्नु, धरपकड गर्नु, झुटा मुद्दा लगाउनु तथा कर्फ्यु लगाउनु मानवअधिकारविपरीत भएको आरोप लगाएको छ। महासंघका अध्यक्ष बोमबहादुर गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा १२ जना घाइते, १८ जना गिरफ्तार तथा दर्जनौंलाई झुटा मुद्दा लगाइएको उल्लेख गरिएको छ। साथै, सरकारले कुनै एक व्यापारीको स्वार्थ पूर्तिका लागि कञ्चनजङ्गा संरक्षित क्षेत्रभित्र पर्ने मुकुमलुङलाई बाहिर निकाली केवलकार निर्माणका लागि वातावरण बनाएको दाबी गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

सिभिल अस्पताल प्रालिका सञ्चालक साह पक्राउ

पत्रको बेवास्ता गरी अस्पताल खोलेको आरोपमा सञ्चालक राजन साह पक्राउ परेको प्रहरीले जानकारी दिएको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार राईका अनुसार साहलाई पटक-पटक सम्झाउँदा पनि अटेर गरेपछि उनलाई पक्राउ गरी हिरासतमा राखिएको छ। मुख्यमन्त्री सिंहले सिभिल अस्पतालसहित चन्द्रनिगाहपुरका ट्रमा हाइवे सेन्टर, चन्द्रपुर सामुदायिक अस्पताल, पब्लिक लाइफ केयर पोलिक्लिनिक, चपुर सिटी अस्पताल, हिमालयन पोलिक्लिनिक, चपुर अर्थोपेडिक एन्ड जनरल अस्पताल, चन्द्रपुर आँखा तथा दाँत उपचार केन्द्र र एपोलो अस्पताललाई पनि मापदण्ड पूरा नगरेको भन्दै बन्द गर्न पत्र काटेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

प्रधानमन्त्रीको तारिफ गर्दै विद्याले भनिन्- ओली एक अब्बल र लोकप्रिय राजनेता

सोमबार ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओली एक अब्बल र लोकप्रिय राजनेता भएको समेत बताइन्।  उनले भनिन, ‘म राष्ट्रपति हुँदा उहाँ प्रधानमन्त्री हुनुभएको थियो। त्यसबखत उहाँले मुलुकको कार्यकारी प्रमुखको हैसियतले निर्वाह गर्नुभएको समन्वयात्मक भूमिका, राजनीतिक स्थिरताको निम्ति खेल्नुभएको भूमिका एवं आर्थिक समृद्धि हासिल गर्नेलगायतमा उहाँमा रहेको हुटहुटी नजिकबाट नियालेको छु। ओली एक अब्बल र लोकप्रिय राजनेता हुनुहुन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल-भारतबीच ‘वास’क्षेत्रको विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

भारतको राजधानी नयाँदिल्लीमा आयोजित एक विशेष कार्यक्रमकाबीच खानेपानी, सरसफाई तथा स्वच्छता क्षेत्रको विकाससम्बन्धी महत्वपूर्ण समझदारीपत्रमा नेपाल सरकारकातर्फबाट मन्त्री यादव तथा भारत सरकारकातर्फबाट जलशक्तिमन्त्री पाटीलद्धारा हस्ताक्षर भएको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई. रामकुमार श्रेष्ठले जानकारी दिए। उनले भने, ‘भारत र नेपाल सरकारबीच खानेपानी, सरसफाई र फोहोर व्यवस्थापन क्षेत्रमा सहयोग विस्तार गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको तथा खानेपानीको स्रोतको विकास, स्वच्छ पानीको पहुँच, सरसफाई प्रवर्द्धन, फोहोर व्यवस्थापन र नेपाल सरकारको प्रयासलाई सशक्त बनाउने उक्त सम्झौतापत्रको लक्ष्य रहेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - नयाँ दिल्ली

ओली कपमा फ्रि पास र कुमा सागरको कन्सर्ट, रंगशाला खचाखच

राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा जारी तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको फाइनलमा उपाधिका लागि त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लब भिड्दैछन्। फुटबल प्रतियोगिताको फाइनलमा कुमा सागर र पुर्ण राईको ब्यान्डले पनि प्रस्तुती दिँदैछन्। फुटबलसँगै कन्सर्टको फ्रि पास पाएपछि मनोरञ्जन लिन दर्शकहरू रंगशालामा ओइरिएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँग बसेर केपी ओली कपको फाइन खेल हेर्न इटलीका राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान जियानलुइजी बुफन पनि नेपाल आएका छन्। उनलाई प्रमुख अतिथिको रुपमा नेपाल बोलाइएको युवा संघले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पारस शाहलाई हृदयघात, पोखरा पुगेका पूर्वराजा काठमाडौं फर्किँदै

नर्भिक स्रोतका अनुसार शाह अहिले खतरामुक्त छन्। शाहको उपचारमा डा. यादव भट्ट नेतृत्वको चिकित्सकको टोली खटिएको छ। शाहको स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको अस्पताल स्रोतले जानकारी दिएको छ। पोखरा भ्रमणमा रहेका पूर्वाराजा ज्ञानेन्द्र शाह अचानक काठमाडौं फर्किन लागेका निर्मल निवास स्रोतले बतायो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘केपी शर्मा ओली: सपना, संघर्ष र संकल्प’ पुस्तक लोकार्पण

प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष ओलीले लोकतन्त्र प्राप्तिका लागि गरेका अनेक सङ्घर्षदेखि मुलुकको समृद्धिका लागि देखाएका सपना र गरेका नेतृत्वदायी पहललाई केन्द्र राखेर सो पुस्तक तयार गरिएको हो। पुस्तकमा प्रधानमन्त्री ओलीका सहयात्री, राजनीतिज्ञ, अर्थविद, सामाजिक व्यक्तित्वहरूका लेख-रचनासमेत समावेश गरिएको छ। सो पुस्तक अल्केमी प्रकाशनले गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

०८४ मा कांग्रेसको बहुमत नआउने देउवाको स्वीकारोक्ति, पहिलो दल बन्न संघर्ष गर्ने

‘बहुमत ल्याउन नसके पनि कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउनुपर्छ,’ उनले भने, ‘कांग्रेस प्रति देशभित्र र बाहिर आकर्षण छ।’ कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले भैरहवामा आयोजना गरेको प्रशिक्षण सोमबार र मंगलबार चल्ने पार्टीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं