
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नगरसभाको १७ औं अधिवेशनको पहिलो बैठकमा अगामी आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेट प्रस्तुत गरेकी छन्।
उनले आगामी आर्थिक बर्ष ०८२/८३ को लागि २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संचित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य वाह्य व्ययभार हुने गरी कुल २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट पेस गरेकी हुन्।
यसैगरी उपप्रमुख डंगोलले समयमै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेको भन्दै क्षमा मागेकी छन्। उनले महानगरवासी र सरोकारवालाहरूसँग क्षमा मागेकी हुन्।
उनले भनिन्, ‘समयमै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पेस गर्न नसकेकोमा मेरो व्यक्तिगत, नगरसभाका सदस्यको तर्फबाट महानगरवासी र सरोकारवाला निकायसमक्ष क्षमायाचना गर्दछौं। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पेस गर्ने सन्दर्भमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा भएको समयसीमा भन्दा हामी केही ढिला भएका छौं। विगतका दिनहरूमा हामीबीच केही अविश्वास, तितामिठा अनुभव प्रस्तुत भए, आरोप प्रत्यारोप पनि भए। सबै कुरा मन्थन हुँदै गएको छ। समस्याको समाधान पनि हुँदै गएको छ। आज हामी फेरि एकढिक्का भएर गरिमामय सभामा उपस्थित भएका छौं।’
त्यसअघि नगरसभामा मेयर बालेन साहले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। उनले नगरसभाको बैठकमा १९ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरेको थिए।
१ .
२ .
३ .
४ .
५ .