बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ ६ बजे बस्ने गरी मन्त्रिपरिषद बैठक बोलाएका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकमा घुस काण्डमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताबारे निर्णय गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
घुस प्रकरणको अडियो र अख्तियारमा उजुरी परेको केही हप्ताअघि नै जानकारी पाएका प्रधानमन्त्री ओलीले यस प्रकरणमा मुख खोलेका थिएनन्। तर, उक्त अडियो मिडियामै सार्वजनिक भएपछि एमाले कै नेता–कार्यकर्ता, संसद् र सामाजिक सञ्जालको दवाब थेग्न नसकेपछि मन्त्री गुप्ताबारे निर्णय लिन लागेका हुन्।
मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीले मन्त्री गुप्तासँग स्पष्टीकरण सोध्ने र स्पष्टीकरण चित्त नबुझेमा बर्खास्त गर्ने तयारी गरेको बुझिएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार त्यसअघि मन्त्री गुप्ता आफैंलाई राजीनामा गर्ने मौका दिइएको छ। गुप्ताले राजीनामा नदिएमा मन्त्रिपरिषदले निर्णय गर्नेछ।
बैठकमा गुप्ताका अलावा सरकारको दैनिक प्रशासनिक कामकारबाहीका साथसाथै समसामयिक विषयमा छलफल हुने सचिवालयले जनाएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया