बिएल संवाददाता
राजावादी मोर्चाका संयोजक रहँदा राप्रपा छाडेको घोषणा गरेका नवराज सुवेदी यतिबेला आफू राप्रपामै रहेको दाबीसहित उजुरी बोकेर निर्वाचन आयोग पुगेका छन्।
सुवेदीले आफू अहिले पनि पार्टीको अनुशासन समितिको अध्यक्ष रहेको दाबीसहित आइतबार निर्वाचन आयोगमा उजुरी दिएका हुन्। ‘प्रचलित कानून र पार्टीको विधान विपरीत कार्य गरी पार्टी सदस्यबाट निष्काशन गरिएको वा हटाएको अवस्थामा बाहेक’ पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको एकल निर्णयले आफूलाई पार्टीबाट हटाउने अधिकार नरहेको जिकिर गरेका छन्।
आफू ०७८ फागुन ९ गते अनुशासन समितिको अध्यक्षको जिम्मेवारी प्राप्त गरेको र उक्त नियुक्तिपत्र अनुसार कार्यकाल आगामी फागुन ८ गतेसम्म रहेकोले आफ्नो पदावधि बाँकी रहेकै समयमा अध्यक्षको एकल निर्णयले आफूलाई हटाएर अर्को व्यक्तिलाई नियुक्ति दिन नमिल्ने उनको दाबी छ।
स्मरणीय कुरा त के छ भने राजावादी मोर्चाको संयोजक बनेपछि सुवेदीले गत चैत ४ गते राप्रपा परित्याग गरेको सार्वजनिक घोषणा नै गरेका थिए।
अहिले राजावादी आन्दोलन मत्थर भएपछि उनै सुवेदी आफू पार्टीमै रहेको दाबीसहित पहिलेकै जिम्मेवारी माग्दै आयोग पुगेका हुन्।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया