बिएल संवाददाता
राजावादी मोर्चाका संयोजक रहँदा राप्रपा छाडेको घोषणा गरेका नवराज सुवेदी यतिबेला आफू राप्रपामै रहेको दाबीसहित उजुरी बोकेर निर्वाचन आयोग पुगेका छन्।
सुवेदीले आफू अहिले पनि पार्टीको अनुशासन समितिको अध्यक्ष रहेको दाबीसहित आइतबार निर्वाचन आयोगमा उजुरी दिएका हुन्। ‘प्रचलित कानून र पार्टीको विधान विपरीत कार्य गरी पार्टी सदस्यबाट निष्काशन गरिएको वा हटाएको अवस्थामा बाहेक’ पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको एकल निर्णयले आफूलाई पार्टीबाट हटाउने अधिकार नरहेको जिकिर गरेका छन्।
आफू ०७८ फागुन ९ गते अनुशासन समितिको अध्यक्षको जिम्मेवारी प्राप्त गरेको र उक्त नियुक्तिपत्र अनुसार कार्यकाल आगामी फागुन ८ गतेसम्म रहेकोले आफ्नो पदावधि बाँकी रहेकै समयमा अध्यक्षको एकल निर्णयले आफूलाई हटाएर अर्को व्यक्तिलाई नियुक्ति दिन नमिल्ने उनको दाबी छ।
स्मरणीय कुरा त के छ भने राजावादी मोर्चाको संयोजक बनेपछि सुवेदीले गत चैत ४ गते राप्रपा परित्याग गरेको सार्वजनिक घोषणा नै गरेका थिए।
अहिले राजावादी आन्दोलन मत्थर भएपछि उनै सुवेदी आफू पार्टीमै रहेको दाबीसहित पहिलेकै जिम्मेवारी माग्दै आयोग पुगेका हुन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया