बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का असन्तुष्ट पक्षका नेताहरू निर्वाचन आयोग पुगेका छन्। पार्टीले गरेको निर्णयविरुद्ध उनीहरू आयोगमा निवेदन बुझाउन गएका हुन्।
संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्र पुनर्स्थापनाको लक्ष्यसहित ‘जनआन्दोलन परिचालन समिति’ गठन गरेर आन्दोलनको अगुवाइ गरिरहेका नवराज सुवेदीले आफूलाई राप्रपाको अनुशासन आयोगको अध्यक्ष पदबाट हटाउने निर्णय बदर गर्न माग गर्दै आयोगमा निवेदन दिएका हुन्।
अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीविरुद्ध असन्तुष्ट समूह आइतबार आयोगमा उजुरी दिन पुगेको हो। पार्टीको अनुशासन समिति संयोजकबाट हटाइएका सुवेदी, प्रवक्ताबाट हटाइएका सगुन सुन्दर लावतीसहित पूर्वअध्यक्ष डा.प्रकाशचन्द्र लोहनी, महामन्त्री धवलशमशेर राणा लगायतका नेता आयोग पुगेका हुन्।
सुवेदीले पार्टीभित्र भएको अन्यायविरुद्ध आवाज उठाउन आयोग पुगेकोे बताए। उनले आफूहरूको यो कदम पार्टी विभाजनका लागि नभएको पनि प्रतिक्रिया दिए।
सुवेदीले अहिले देखा परेको विवादले पार्टी नफुट्ने बताउँदै विधानविरीत आफूलाई हटाइएकोमा आफ्नो असन्तुष्टि रहेको दाबी गरे। सुवेदीले आफूलाई अनुशासन समिति अध्यक्षबाट हटाउने निर्णय केन्द्रीय समितिबाट नभइ अध्यक्षबाट मात्रै भएको पनि बताए।
‘मैले राप्रपा सचिवालयमा सोधें- मलाई अध्यक्षजीले अनुशासन समिति अध्यक्षबाट हटाउनु भएको हो भनेर, सचिवालयले ‘हो’ भनेपछि मैंले अध्यक्षजीसँग कुरा गरेको छैन। तर यस्तो विवादले पार्टी भने फुट्दैन। निर्णय गर्नुअघि मलाई सोधिएको छैन, मलाई चिठी दिएको पनि छैन। मिडियाबाट थाहा पाएँ कि उहाँले मलाई निकालेर अर्को मानिस ल्याउनु भयो भन्ने,’ उनले भने।
पार्टीभित्र भएको अन्यायका कारण उजुरी दिएको उनको भनाइ छ।
उनले आफूले अनुशासन विपरीत काम नगरेको पनि बताए। पार्टी अझै बलियो होस् र षड्यन्त्र नहोस् भनेर निर्वाचन आयोगमा उजुरी दिएको उनले बताए। उनले राजसंस्था पुन पनाको आन्दोलन नहराएको पनि बताए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया