बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई बर्खास्तीको तयारी गरेका छन्। सम्भवत: आजै हुने मन्त्रिपरिषदको नियमित बैठकमा प्रधानमन्त्रीले गुप्तासँग स्पष्टीकरण सोध्नेछन्।
झापामा रहँदा आइतबार नै प्रधानमन्त्रीले फोन गरेर मन्त्री गुप्तासँग सञ्चारमाध्यममा सार्वजनिक भएको ‘घुस डिल’को अडिओबारे सोधेका थिए। मन्त्री गुप्ताले त्यो अडिओ आफ्नै भएको स्वीकार गर्दै पैसा भने आफूले नलिएको र त्यसका लागि भेट्न आएका व्यक्तिले निवासमै छोडेर हिँडेको बताएका थिए।
एक जना कर्मचारीको सरुवा बढुवाका लागि मन्त्री गुप्ताले ७८ लाख रुपैयाँ डिल गरेको अडिओ सार्वजनिक भएको थियो।
गत पुस महिनाको उक्त अडिओ सार्वजनिक भएपछि त्यसको मध्यस्थता गरेको भन्दै मन्त्री गुप्ताले नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठको पनि नाम मुछिदिएका छन्।
आजै प्रधानमन्त्रीले मन्त्रि गुप्तासँग सोधपुछ गर्नेछन् र सकभर राजीनामा दिन भन्नेछन्। मन्त्रीले राजीनामा नदिए प्रधानमन्त्री आफैले बर्खस्त गर्नेछन्।
र याे पनि
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया