बिएल संवाददाता
जुम्लाबाट प्रतिनिधित्व गर्ने नेकपा (माओवादी केन्द्र)की समानुपातिक सांसद छिरिङल्यामु लामाको चरित्र हत्या गरेको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका युवा नेता रमेशबहादुर बाग पक्राउ परेका छन्।
राप्रपानिकट प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय सदस्य बागलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार पक्राउ गरेको हो। उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अदालतबाट अनुमति पाएको छ।
सांसद लामाले एआईको माध्यमबाट भिडियो बनाएर आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले बागले सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपसहित उजुरी दिएको ब्यूरो स्रोतले जनाएको छ।
गत असार १९ गते बागले सांसद लामाले एक युवकसँग ओठमा चुम्बन गरिरहेको टिकटक भिडियो आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका थिए।
बागले सेयर गरेको टिकटक भिडियो chiring12sep नामको टिकटक अकाउन्टमा पोस्ट गरेको देखिन्छ। उक्त अकाउन्ट सांसद लामाकै भएको र आफूले सोही अकाउन्टको भिडियो फेसबुकमा सेयर गरेको बागले प्रहरीसमक्ष बयान दिएका छन्।
जनआस्था साप्ताहिकले पनि गत बुधबार सांसद लामाको चुम्बनसहितको तस्बिर पाठकपत्रमार्फत सार्वजनिक गरेको थियो।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया