बिएल संवाददाता
प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा आइतबार नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माबीच भनाभन भएको छ।
बैठकमा शिक्षामन्त्री रघुजी पन्त र कांग्रेस प्रमुख सचेतक घिमिरेले विद्यालय शिक्षा विधेयक पारित गर्न थप समय माग गरेपछि भनाभन भएको हो।
बैठकमै शर्माले सहज रूपमा समिति अगाडि बढिरहेको बेला कुनै दलको सचेतकको ह्वीप नमान्ने उनले भनिन्।
‘आज आएर फेरि थप समय माग गरिएको छ। हामीलाई कुनै दलको ह्वीप लगाउने काम नहोस्। कसैको ह्वीप मान्न तयार छैनौँ,’ उनले भनिन्।
शर्माले बोल्दै गर्दा घिमिरेले रिसाउँदै नियमापत्ति जनाए। साथै उनले कसले ह्वीप लगाइए नियमापत्ति छ भन्दै बैठकबाट बाहिरिए।
त्यसपछि समिति सभापति अम्मरबहादुर थापाले घिमिरेलाई बस्न अनुरोध गरे। तर, घिमिरे बैठकबाट निस्किए।
यसैगरी नेकपा एमालेकी सांसद् विद्या भट्टराईले शिक्षा विधेयकमाथि गम्भीर प्रश्न उठाएकी छन्। उनले विधेयकमा गरिएका व्यवस्थाप्रति असन्तुष्टि पोख्दै विधेयकमा हामीले खोजेको के हो? शिक्षामा सुधार गर्न खोजिरहेका छौं कि अहिले जे गर्न खोजिएको छ त्यसले सुधार हुन्छ? भन्दै प्रश्न गरिन्।
उनले भनिन्, ‘हामीले भनेको जस्ताको तस्तै हुनुपर्छ भन्ने कुराले ऐन पाउँछ कि पाउँदैन भन्ने प्रश्न उब्जिएको छ, जसको शक्तिशालीसँग पहुँच हुन्छ, उसले मात्रै सुविधा पाइरहेका छन्, सबैको लागि न्याय हुने कानुन बनाऔं।’
विद्यार्थी लक्षित गुणस्तरीय शिक्षा दिन सरोकारवाला जवाफदेही हुनुपर्ने उनको भनाइ छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया