बिएल संवाददाता
सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखकलाई लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।
दुई दलको वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
कांग्रेसभित्र सरकारको कामकारबाहीलाई लिएर चर्को आलोचना र फरक ढंगले सोच्नुपर्ने दवाब बढिरहेका बेला भएको दुई दलको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
बालुवाटार स्रोतका अनुसार दुई दलबीच मन्त्रिपरिषद हेरफेरका विषयमा छलफल भइरहेको बताइएको छ। गठबन्धन सरकारको एक वर्ष पुग्नै लाग्दा मन्त्रिपरिषद हेरफेर गर्ने तयारी गरिएको बुझिएको छ।
गठबन्धनमा भागबण्डा पुर्याउनुपर्ने भएकोले पनि मन्त्रिपरिषद हेरफेर गर्न लागिएको स्रोतले बतायो। प्रधानमन्त्री ओली कार्यक्षमता राम्रो भएका केही मन्त्रीलाई निरन्तरता दिएर बाँकी ठूलो टिम परिवर्तनको तयारीमा रहेको बुझिएको छ।
त्यस्तै बैठकमा बाढी पहिरो लगायत प्राकृतिक प्रकोप र उद्दार तथा राहत परिचालनका विषयमा पनि छलफल हुने बताइएको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया