सोमबार, १४ जुलाई २०२५

मन्त्री गुप्ताले नाम लिएका सहकारीमन्त्री भन्छन्ः हल्लाको भरमा दोष लगाउन पाइदैन

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौं
2025-07-14 18:29:00
News Image
• • •

भूमि व्यवस्था तथा सहकारी गरिबी निवारणमन्त्री बलराम अधिकारीले अहिलेको अवस्था नै आशंका नै आशंकामा रहेकाले छानबिन गरेर मात्र बोल्नुपर्ने बताएका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कसको पालामा के भयो भनेर मजाले अध्ययन गर्नुपर्ने तर अरुलाई मात्र दोष लगाउन नहुने बताए।

मन्त्रीहरू घुसकान्डमा मुछिएको घटना बाहिर आएपछि सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा उनले हल्लाका भरमा नबोल्ने बताए। उनले विधिमा रहेर जनताको सेवा गर्ने बताए।

आशंका र हल्लाका भरमा बाहिर बोल्न नमिल्ने बताएका मन्त्री अधिकारीले सत्यतत्य केही दिनमा बाहिर आउने जिकिर गरे।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?