बिएल संवाददाता
बिमा प्राधिकरणका सहसचिव सेवन्तक पोखरेललाई सरकारले कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको छ। मन्त्रिपरिषदको सोमबार साँझको बैठकले यसअघिका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न समिति बनाएको थियो।
छानबिन समिति गठन भएसँगै ओझा स्वत: निलम्बनमा परेका थिए। कार्यबाहक अध्यक्षको जिम्मेवारी पाएका पोखरेल प्राधिकरणको वित्तीय क्षेत्र तथा संस्थान समन्वय महाशाखा प्रमुख हुन्।
गत फागुन १२ गते मन्त्रिपरिषद बैठकबाट ओझा प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थिए। चार वर्षे कार्यकालका लागि नियुक्त भएका ओझाले पेश गरेका योग्यता र अनुभवहरूको कागजात शंकास्पद देखिएको भन्दै उजुरी परेपछि अख्तियारले छानबिन सुरु गरेको थियो।
अख्तियारले अनुसन्धान तीब्र बनाएको सूचना पाएपछि सरकारले छानबिन समिति बनाएको हो।
ओझामाथि छानबिन गर्नका लागि उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरी संयोजक र कपिलदेव ओली र जीवनप्रकाश सिटौला सदस्य रहेको समिति सरकारले बनाएको छ। ओली दुई कार्यकाल बिमा सञ्चालक समितिका विज्ञ सदस्य हुन्। त्यस्ट्टै सिटौला सम्पत्ति शुद्धिकरण तथा अनुसन्धान विभागका पूर्वमहानिर्देशक हुन्।
बिमा ऐन, २०७९मा व्यवस्था भएअनुसार बिमा प्राधिकरणको अध्यक्ष हुनका लागि मौद्रिक, बैंकिङ, वित्तिय, बाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानूनमा स्नातकोत्तर गरेर सम्बन्धित क्षेत्रमा पाँच वर्ष उच्च व्यवस्थापकीय अनुभव भएको हुनुपर्छ। तर ओझाले पेश गरेका कागजातहरू नक्कली भएको भन्दै अख्तियारमा उजुरी परेको हो।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया