बिएल संवाददाता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर रंजित कुमार यादव र वडा नं. ८ का तत्कालीन वडाध्यक्ष दुर्गाप्रसाद रायसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा गरेको छ।
सार्वजनिक सम्पत्ति हिनामिना, हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारले सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर यादव, तत्कालीन लेखापाल शिवकुमार झा र पालिकाकाका पशु सेवा शाखाका प्रमुख राजकिशोर सल्हैतासँग १४ लाख ७७ हजार ५ सय रुपैयाँ बिगो माग गरेको छ।
त्यस्तै, सबैला नगरपालिका वडा नं. ८ का तत्कालीन वडा अध्यक्ष राय, अर्चना कृषि सहकारी संस्थाका अध्यक्ष संजुकुमारी यादव र तत्कालीन प्रशासकीय अधिकृत स्व. बालवीर ठाकुरको श्रीमती पलवी ठाकुर र छोरा रौनित ठाकुरको नाममा पनि सोही बराबर जरिवाना गर्न भनेको छ।
सबैला नगरपालिकाले आ.व. २०७७/०७८ मा कृषि प्रवर्द्धन कार्यक्रमको लागि विनियोजित रकम वडा अध्यक्षको नाममा बाख्रा फार्म दर्ता गरी अनुदान रकम दुरुपयोग गरेको अख्तियारले जनाएको छ।
कृषि उपकरण खरिद र किसानलाई बासमती धानको बीउ वितरण कार्यक्रममा किसानलाई धानको बीउ वितरण नगरी अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा नगरपालिकाले आ.व. २०७७/७८ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बाख्राको साना व्यावसायीक कृषि उत्पादन पकेट विकास कार्यक्रम संचालन गर्नको लागि १५ लाख विनियोजन गरेकोमा नगरपालिकाले राष्ट्रिय दैनिक लगायतका कुनै पनि पत्र पत्रिकामा सूचना प्रकाशित गरेको नदेखिएको दाबी गरिएको छ।
राष्ट्रसेवक कर्मचारी र उक्त संस्थाका अध्यक्षसमेतले मिलेमतोमा कोभिड १९ को कारण देखाई अर्चना सहकारी संस्था लिमिटेड सबैला धनुषाको १ मात्र निवेदन पर्न आएको भनी नगरपालिकाको वडा नं. ३, ७ र ८ मा उक्त कार्यक्रम संचालन गर्न भ्याटसहित जम्मा १५ लाखमा अर्चना सहकारी संस्था लिमिटेड र नगरपालिका बीच ०७८ जेठ ५ गते सम्झौता गरी उक्त संस्थासँग सम्झौता गरेपनि सबैला नगरपालिकाबाट बोयर बोका, पाठी, खसी र च्यापकहर माग फारम, दाखिला रिपोर्ट झुट्टा तयार गरी उक्त कार्यक्रममा उल्लिखित पाठी, बोका, खसी, च्यापकहर लगायतका सामान वडा नं. ८ का तत्कालीन वडाध्यक्षले बुझेको भर्पाइबाट देखिएको अख्तियारले जनाएको छ।
अर्चना कृषि सहकारी संस्थाले खरिद गरेको भनिएका बोका, पाठी र डाले घाँस (खसी) कसलाई वितरण गरिएको हो भन्ने स्पष्ट विवरण नभएको, कार्यक्रम संचालन गर्ने अर्चना कृषि सहकारी संस्थाले राधा कृषि फर्मबाट खरिद गरेको भनेको बोका, पाठी र डाले घाँस उक्त संस्थाका संचालकले आफूले ०७८ असार २० गते जारी भएको बिलमा उल्लेख भए बमोजिम बोका, पाठी र डाले घाँस नबेचेको साथै आन्तरिक राजस्व कार्यालय जनकपुरको ०८२ वैशाख २४ गतेको पत्र अनुसार आ.ब. ०७७/७८ मा राधा कृषि फार्मले कुनै कारोबार नगरेको भनी उल्लेख भई आएको देखिँदा मिलोमतोमा झुट्टा बिल भर्पाइ र गलत कागजात तयार गरी १४ लाख ७७ हजार ५ सय हिनामिना गरेको पुष्टि भएको अख्तियारको ठहर छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया