बिएल संवाददाता
ऊर्जामन्त्री दिपक खड्काले २४सै घण्टा विद्युत आपूर्ति गर्ने सरकारको चाहना हुँदाहुँदै पनि विभिन्न दबाब र चुनौतीहरूले पूरा गर्न नसकेको गुनासो गरेका छन्।
आइतबार काठमाडौंमा आयोजित सामूदायिक विद्युतीकरण उपभोक्ता महासंघको कार्यक्रममा बोल्दै उनले आवश्यक पर्नेजति विद्युत आफैं उत्पादन गरेर खपत गर्ने र बढि भएको विद्युत निर्यात गर्ने साथै मुलुकलाई समृद्ध बनाउने अभियानमा लागि रहेको बताए।
उनले भने, ‘२४सै घण्टा विद्युत आपूर्ति गर्ने सरकारको चाहना छ। तर यसमा दबाब ,चुनौतीहरू छन्। हामीलाई आवश्यक पर्नेजति विद्युत आफैं उत्पादन गरेर खपत गर्ने र बढि भएको विद्युत निर्यात गर्ने र मुलुकलाई समृद्ध बनाउने अभियानमा आज मुलुक लागि रहेको छ।’
त्यस्तै उनले हरेक क्षेत्रमा जस्तै विद्युत क्षेत्रमा पनि चुनौतीहरू देखिएको भन्दै चुनौती सामना गर्ने सामर्थ्य निर्माण गर्नुपर्ने बताए।
उनले भने, ‘चुनौतीहरू त हरेक क्षेत्रमा देखिएका छन्। यो क्षेत्रमा पनि छ। तर हामी चुनौती सामना गर्ने सामर्थ्य निर्माण गर्नुपर्छ।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया