बिएल संवाददाता
रौतहटमा पर्याप्त आकाशेवर्षा र सिँचाइको सुविधा नहुँदा अपेक्षानुसार धान रोपाइ हुन सकेको छैन।
केहीले स्यालो ट्युबेल र मोटरको सहारामा धान रोपाइँ गरेपनि खडेरीले खेतको धाँजा फट्न थालेको छ। रौतहटसहित मधेश प्रदेशका जिल्लामा सिँचाई र पानीको अभावमा धान सुक्न थालेको किसानको गुनासो छ।
चन्द्रपुर नगरपालिका किसान बलराम तिमल्सिनाका अनुसार आकाशे वर्षा नहुँदा धानबाली सहित जीव-जनावर र मानवलाई समेत समस्या परेको छ।
आफूले मंहगो रकम खर्च गरेर मोटरको सहारामा धान रोपाइँ गरेपनि खडेरीले खेतको धाँजा फुट्न थालेको गुनासो उनको छ।
अहिले खडेरीका कारण स्यालो ट्युबेल र मोटरमा पानी पनि आउन छाडेको उनको भनाइ छ।
‘यहाँ चारैतिर सुक्खा छ,’ उनले भने। आकाशे वर्षा नहुँदा सबैलाई चिन्ता छ। आकाशे वर्षा कुरेर बसेका किसानहरूको रोप्न उमारेको बिउ ब्याडमै सुक्न थालेको उनले बताए।
यस वर्ष धान रोपाइँ कम भएको र खडेरीले जोगाउन मुस्किल भएकाले उत्पादन अपेक्षा अनुसार नहुने उनको दुखेसो छ।
यहाँ बाग्मती, चाँदी, बकैया, झाझ, अरुव नदी तथा नहरको पानीबाट खेतीयोग्य जमिनमा धान रोपाई हुन्छ। तर नदी तथा नहरको पानी पर्याप्त नहुँदा संकट भएको कृषि ज्ञान केन्द्र गौरका निमित्त प्रमुख सुरेन्द्र प्रसाद कुर्मीले बताए। अहिलेसम्म ५५ प्रतिशत मात्र धान रोपाइँ भएको उनले जानकारी दिए।
यमुनामाई, गरुडा, गुजरा र चन्द्रपुर नगरपालिकामा ६० देखि ६५ प्रतिशत रोपाइँ भए पनि ईशनाथ र बौद्धिमाई नगरपालिकामा भने ४५ प्रतिशत मात्र भएको उनको भनाइ छ।
रौतहटमा ३४ हजार हेक्टर खेतीयोग्य जमिन भए पनि हालसम्म १८ हजार ७ सय हेक्टरमा मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्र गौरले जनाएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया