बिएल संवाददाता
तराई–मधेश यतिबेला खडेरीको चपेटामा छ। सिँचाइ त परको कुरा खानेपानीको समेत हाहाकार छ।
तराईको यस्तो भयावह अवस्थामा एमालेका युवा नेता प्रकाश पौडेलको सहारा अभियानले ‘प्यासको विरुद्ध एक बोतल पानी’ अभियान सुरु गरेको छ। अभियानले ‘एक जनाले एक जनताको लागि’ नारासहित पानीका बोतल तराई–मधेशका जिल्लाहरूमा पठाउने थालेको छ।
‘अत्यधिक गर्मी र खडेरीका कारण तराईका विभिन्न जिल्लाहरूमा खानेपानीको भयावह अभाव भइरहेको छ। यस विषम परिस्थितिमा, हामीमध्ये जो जहाँ छौं, त्यहाँबाट छुट्ने सवारी साधन (बस, ट्रक आदि) मा पानीका बोतलहरू भरेर पठाउन सक्यौं भने, प्यासले छटपटाइरहेका दाजुभाइ तथा दिदीबहिनीहरूलाई थोरै राहत मिल्नेछ,’ अभियानले भनेको छ।
प्रकाश पौडेल तिनै युवा नेता हुन् जसले अनेरास्ववियुको आन्तरिक लोकतन्त्र जोगाउन संस्थापन समूहविरुद्ध उम्मेद्वारी दिएका थिए। निर्वाचनमा उनी जम्मा ७ मतले पराजित भएका थिए।
अखिलमा पराजित भएपनि उनको समाजसेवाको हुटहुटी अझै उस्तै छ। देशमा जहाँ समस्या हुन्छ त्यहाँ प्रकाशको टीम पुग्ने गरेको छ।
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया