बिएल संवाददाता
तराई–मधेश यतिबेला खडेरीको चपेटामा छ। सिँचाइ त परको कुरा खानेपानीको समेत हाहाकार छ।
तराईको यस्तो भयावह अवस्थामा एमालेका युवा नेता प्रकाश पौडेलको सहारा अभियानले ‘प्यासको विरुद्ध एक बोतल पानी’ अभियान सुरु गरेको छ। अभियानले ‘एक जनाले एक जनताको लागि’ नारासहित पानीका बोतल तराई–मधेशका जिल्लाहरूमा पठाउने थालेको छ।
‘अत्यधिक गर्मी र खडेरीका कारण तराईका विभिन्न जिल्लाहरूमा खानेपानीको भयावह अभाव भइरहेको छ। यस विषम परिस्थितिमा, हामीमध्ये जो जहाँ छौं, त्यहाँबाट छुट्ने सवारी साधन (बस, ट्रक आदि) मा पानीका बोतलहरू भरेर पठाउन सक्यौं भने, प्यासले छटपटाइरहेका दाजुभाइ तथा दिदीबहिनीहरूलाई थोरै राहत मिल्नेछ,’ अभियानले भनेको छ।
प्रकाश पौडेल तिनै युवा नेता हुन् जसले अनेरास्ववियुको आन्तरिक लोकतन्त्र जोगाउन संस्थापन समूहविरुद्ध उम्मेद्वारी दिएका थिए। निर्वाचनमा उनी जम्मा ७ मतले पराजित भएका थिए।
अखिलमा पराजित भएपनि उनको समाजसेवाको हुटहुटी अझै उस्तै छ। देशमा जहाँ समस्या हुन्छ त्यहाँ प्रकाशको टीम पुग्ने गरेको छ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया