बिएल संवाददाता
नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले स्वास्थ्यको कारण देखाउँदै पार्टीको नियमित कामबाट अलग हुने निर्णय गरेकी छन्।
रञ्जिताले शनिबार पोखरा महानगरपालिका-६ कास्कीका वरिष्ठ नेता शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी हुन्।
साउन १० गते एक पत्र लेख्दै नेता बास्तोलालाई रञ्जिताले कार्यवाहकको जिम्मेवारी दिएकी हुन्।
उनले भनेकी छन्, ‘हाम्रो नागरिक उन्मुक्ति पार्टीको विधान २०७८ को धारा २० को उपधारा (९) बमोजिम, तपाईं यस पार्टीको वरिष्ठ नेता शिव वास्तोलालाई मेरो अनुपस्थितिमा पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्नका लागि यो पत्र मार्फत तोकिएको छ।’
रञ्जिताले आफूले अस्वस्थताको कारण पार्टीको गतिविधिहरूमा पूर्ण रुपमा सक्रिय हुन असमर्थ रहेको भनेकी छन्।
उनी भन्छिन्, ‘मेरो स्वास्थ्य अवस्थाका कारण पार्टीको दैनिक कार्य संचालन र महत्वपूर्ण निर्णय प्रक्रियामा मेरो भौतिक उपस्थिति सम्भव नदेखिएकोले पार्टीको कार्यप्रवाहमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले यो निर्णय गरिएको छ।’
रञ्जिताले आफ्नो स्वास्थ्यमा सुधार नभएसम्म वा अर्को व्यवस्था नभएसम्म बास्तोला नै कार्यवाहक अध्यक्षको जिम्मेवारीमा निरन्तर रहने घोषणा गरेकी छन्।
नाउपाका बहुमत केन्द्रीय सदस्यहरूले अध्यक्षलाई २४ घण्टे अल्टिमेटमसहित केन्द्रीय समिति बैठक बोलाउन माग गरेपछि उनको यो निर्णय आएको हो।
पूर्वमन्त्री राजकुमार गुप्तासँग घुस डिल गर्दै गरेको अडियो प्रकरणमा मुछिएकी रञ्जितालाई नेतृत्वबाट अलग हुन् पार्टीभित्रैबाट दवाब बढिरहेको छ। संरक्षक रेशम चौधरीले पनि रञ्जितालाई जिम्मेवारीबाट अलग हुन भनिसकेका छन्।

नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया