बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले बीपी कोइरालाले नेपालका लागि मात्रै नभइ भारतका लागि समेत काम गरेको बताएका छन्।
आइतबार पर्यटन मन्त्रालयद्वारा आयोजित ’बीपी कोइराला राष्ट्रिय पुरस्कार’ प्रदान कार्यक्रममा बोल्दै उनले भारतीय नेताहरू कठिन समयमा हुँदा उनले लुकेर काम गरेको बताए।
अहिले अधिनायकवाद भन्नेहरूलाई बीपीलगायत आफूहरूले भोगेको जेलनेल र कालकोठरी के हो? भन्ने थाहा नभएको ओलीको जिकिर थियो।
उनले भने, ‘अहिले कुनै कुरामा चित्त बुझेन भने अधिनायकवादी भनिदिए पुग्छ। तर, अधिनायकवाद कस्तो हुन्छ भन्ने त्यसबेला भोग्ने बीपीहरू र हामीहरूलाई थाहा छ। जेल हतकडी र कालकोठरी भोग्नेहरूलाई थाहा हुन्छ। अहिले प्रजातन्त्र आएको छ, सजिलो भएको छ।’
ओलीले राजनीतिमा ‘कतिखेर जेल परिन्छ’ भन्न नसकिने भएकाले राजनीतिमा पूर्वाग्रह, प्रतिशोध भइरहने बताए।
उनले राजनीतिको दौडमा, परिर्वतनको झन्डा बोक्नेहरूमध्ये बीपी कोइराला समेत एक नेता रहेको बताएका छन्।
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया