बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले बीपी कोइरालाले नेपालका लागि मात्रै नभइ भारतका लागि समेत काम गरेको बताएका छन्।
आइतबार पर्यटन मन्त्रालयद्वारा आयोजित ’बीपी कोइराला राष्ट्रिय पुरस्कार’ प्रदान कार्यक्रममा बोल्दै उनले भारतीय नेताहरू कठिन समयमा हुँदा उनले लुकेर काम गरेको बताए।
अहिले अधिनायकवाद भन्नेहरूलाई बीपीलगायत आफूहरूले भोगेको जेलनेल र कालकोठरी के हो? भन्ने थाहा नभएको ओलीको जिकिर थियो।
उनले भने, ‘अहिले कुनै कुरामा चित्त बुझेन भने अधिनायकवादी भनिदिए पुग्छ। तर, अधिनायकवाद कस्तो हुन्छ भन्ने त्यसबेला भोग्ने बीपीहरू र हामीहरूलाई थाहा छ। जेल हतकडी र कालकोठरी भोग्नेहरूलाई थाहा हुन्छ। अहिले प्रजातन्त्र आएको छ, सजिलो भएको छ।’
ओलीले राजनीतिमा ‘कतिखेर जेल परिन्छ’ भन्न नसकिने भएकाले राजनीतिमा पूर्वाग्रह, प्रतिशोध भइरहने बताए।
उनले राजनीतिको दौडमा, परिर्वतनको झन्डा बोक्नेहरूमध्ये बीपी कोइराला समेत एक नेता रहेको बताएका छन्।
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया