बिएल संवाददाता
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अब केवल भविष्यको कल्पना नभइ वर्तमानको आवश्यकता भएको बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै देउवाले एआई र प्रविधिको सदुपयोगबाट नेपालले तीव्र विकास गर्नसक्ने बताएका हुन्।
उनले भने, ‘अहिले समय नै इन्टरनेटको हो। आज आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग हामीले गर्न थालेका छौँ। यसको प्रयोग बढाउन सके नेपाल धेरै अघि बढ्नेछ भन्ने मलाई विश्वास छ।’
उनले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी तथा सार्वजनिक सेवा प्रवाहमा एआईको प्रभावकारी प्रयोग गर्नुपर्ने आवश्यकता औंल्याए।
‘हामी धेरै कुरा गर्न सक्छौँ, आर्टिफिसियल इन्टेलिजेन्सको आधारमा। प्रविधि यहाँसम्म आइपुगेको छ, त्यसैले यसको सदुपयोग गर्न सक्ने हो भने देशको विकासमा ठूलो योगदान पुग्नेछ,’ देउवाले भने।
सभापति देउवाले प्रविधिको पहुँचले जनतालाई छिटो, छरितो र पारदर्शी सेवा प्रवाहमा सघाउ पुर्याएको बताए।
‘घरघरमै इन्टरनेटको पहुँच, मोबाइल बैंकिङ र प्रविधिमैत्री योजनाहरूले जनताको जीवनशैली सरल र समावेशी बनाउँदै ल्याएका छन्,’ उनले थपे।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया