शुक्रबार, ०१ अगस्ट २०२५

बालुवाटारमा कांग्रेस-एमालेका शीर्ष नेताको भेला, मन्त्री फेर्ने चर्चा

News Image
• • •

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीचको छलफल सुरु भएको छ।

मन्त्री हेरफेरको चर्चाका बीच सत्तारुढ दलका नेताहरू छलफलमा जुटेका हुन्। छलफलमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, मन्त्री हेरफेर र बागमती प्रदेश सरकारमा देखिएको किचलो समाधान लगायत विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

छलफलमा एमालेबाट प्रधानमन्त्री केपी शर्मा ओली ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी छन्।

भने कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!